
काठमाडौं । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) ले भारतका राजनीतिक दलहरुको आर्थिक वर्ष २०२२/२३ को आम्दानी सार्वजनिक गरेको छ ।
प्रतिवेदनकाअनुसार छ वटा राष्ट्रिय दलहरूले एक वर्षमा तीन हजार ७७ करोड भारु आम्दानी गरेका छन् । जसमध्ये भारतीय जनता पार्टी (बीजेपी)को आम्दानी करिब २ हजा ३ सय ६१ करोड भारु छ।
एडीआरका अनुसार आर्थिक वर्ष २०२२/२३ मा छवटा राष्ट्रिय दलहरूको कुल आयको ७६।७ प्रतिशत हिस्सा भाजपासँग छ।
कांग्रेसले चार सय ५४.३७५ करोड रुपैयाँ आम्दानी गरेको छ जुन यस सूचीमा दोस्रो स्थानमा छ । यो रकम छ दलको कुल आम्दानीको १४.७० प्रतिशत हो ।
कांग्रेसबाहेक बसपा, आम आदमी पार्टी, नेशनल पिपुल्स पार्टी र सीपीआई (एम)को पनि आय सार्वजनिक भएको छ ।
एनडीआरका अनुसार आर्थिक वर्ष २०२१/२२ र २०२२/२३ को बीचमा बीजेपीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। २०२१/२२ मा पार्टीको आम्दानी १ हजार ९ सय १७.१२ करोड थियो, जुन २०२२/२३ मा बढेर २ हजार ३ सय ६०.८४४ करोड पुगेको छ।
त्यसैगरी, आम आदमी पार्टीको आम्दानी २०२१/२२ मा ४४.५३ करोड रुपैयाँबाट बढेर २०२२/२३ मा ८५.१७ करोड रुपैयाँ पुगेको छ, जुन ९१.२३ प्रतिशतले बढेको छ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...