महासमिति बैठक बोलाउन कांग्रेस युवाहरुको अपिल – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

महासमिति बैठक बोलाउन कांग्रेस युवाहरुको अपिल

पौष १६ अर्थात नेपाली राजनीतिलाई ऐतिहासिक र अभूतपूर्व मोड प्रदान गर्दै राष्ट्रिय एकता र मेलमिलापका नीति अख्तियार गरि जननायक बी.पी कोइराला स्वदेश फर्किनु भएको अविष्मरणिय दिन । यस महत्वपूर्ण तिथिमा बी.पी. को ऐतिहासिक कदम र भाव को स्मरण गर्दै वर्तमान सन्दर्भमा हामी आफ्नो धारणा सार्वजनिक गर्दछौं ।
१. बी.पी कोइरालाको वैचारिक भावभूमिमा उभिएर भर्खरै सम्पन्न ऐतिहासिक प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह समेतको निर्वाचनबाट हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा विधिवत रुपमा प्रविष्ट गरी संस्थागत समेत भएको यस घडीमा हामी हाम्रा श्रदय नेताहरु सुवर्ण समशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्न चाहन्छौं ।

 

२. यसैगरी नेपाली कांग्रेसका तत्कालिन सभापति आदरणीय नेता सुशिल कोइरालाले आफ्नो प्रधामन्त्रीत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न सफल हुनु भएको ऐतिहासिक प्रसंग उल्लेख गर्न चाहन्छौं । संशय, अन्यौल र दिविधापूर्ण परिस्थतिमा समेत तीवटै तहको निर्वाचनलाई निर्धारित समयावधिभित्र निर्विघ्न, स्वतन्त्र तथा निष्पक्ष रुपमा कुशलतापूर्वक सम्पन्न गराई नेपालमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सक्नु हाम्रो पार्टी नेपाली कांग्रेसको अभूतपूर्व तथा ऐतिहासिक सफलता रहेको विषयप्रति गौरव गर्दछौं । यसका नीम्ति नेपाली कांग्रेसका वर्तमान सभापती एवं सम्माननिय प्रधानमन्त्री श्री शेर बहादुर देउवालाई विशेष धन्यवाद दिन चाहन्छौं ।
३. सबै तहका निर्वाचन सम्पन्न भई देशमा कायम रहेको संक्रमणकाल टुंगिएको यस ऐतिहासिक घडीमा निर्वाचनको परिणाम पश्चात नेकपा एमाले नै माओवादी केन्द्रका अभिव्यक्ति र व्यवहारले संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि उत्पन्न अनिश्चय र सम्भावित संकटलाई रोक्न हामी सामथ्र्यवान छौं । यस निर्वाचनले नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डतालाई संरक्षण एवं प्रवद्र्धन गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलापलाई अक्षुण राख्ने राष्ट्रिय दायित्व पुरा गरेको छ । अब हामी राष्ट्र निर्माणको ऐतिहासिक सुदुर यात्रामा निक्लने तयारी गर्दैछौं । यस अवसरमा नेपालललाई विश्वसामु विकसित एवम् समृद्ध राष्ट्र तथा नेपाली जनतालाई सुखी एवं सम्पन्न बनाउन इतिहासले हामीमाथि सुम्पेको अभिभारा पुरा गर्न कृत संकल्पित छौं ।
४. इतिहासको यस गौरवपूर्ण क्षणमा पनि हामी नेपाली कांग्रेसका साथीहरुलाई निर्वाचनको परिणामले भने निकै दुःखी तुल्याएको छ । नेपाली जनताको अपार स्नेह, विश्वास र समर्थन हुँदा हुँदै पनि परिणाम किन यस्तो आयो ? यस विषयले यस्तो आज सबै साथीहरुमा गहिरो चिन्ता छाएको छ । हाम्रो कमजोरी कहाँ भयो ? निर्वाचनको मर्यादित परिणाम बारे पूर्व आभास हुँदाहुँदै यस विषयमा हाम्रो नेतृत्व किन समयमै सचेत हुन सकेन ? तद्नूकुल निर्वाचन रणनीति अख्तियार किन भएन ? पार्टीका सबै तह देखि भातृ संस्थाहरुको समुचित परिचालन किन गरिएन ? निर्वाचनको दौरानमा प्रतिपक्षीहरुका लाञ्छना र आरोपलाई समयमै प्रतिवाद गर्न किन सकिएन ? हामीले नेतृत्व गरेको सरकारले जनअपेक्षा अनुरुप किन काम गर्न सकेन ? हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धनलाई किन राष्ट्रव्यापी भरपर्दो र कसिलो बनाउन सकिएन ? यी र यस्ता अनेकौ पेचिला प्रश्नहरु हाम्रा सामु उपस्थित छन् । साथै अन्य कारणहरुको पनि खोजी हुन जरुरी छ । यस विषयमा पार्टीभित्र गम्भिर र निर्माण समिक्षा आजको आवश्यकता रहेको कुरा स्पष्ट पार्न चाहन्छौं । यसका नीम्ति तत्काल केन्द्रीय कार्य र मिति र महासमितिको बैठक बोलाउन नेतृत्व समक्ष माग गदैछौं ।
५. जननायक बी.पी कोइरालाले पौष १६ को त्यो ऐतिहासिक घडीमा भन्नुभएको थियो । ‘हरेक राष्ट्रको जीवनमा यस्ता क्षणहरु आउँछन् जुन बेला विगतका तिता–मिठा भूलेर देशवासीहरुले एकताको सुत्रमा बाँधिनु पर्दछ’ । आज एक अर्को पौष १६ को घडीमा हामी हाम्रा पथपदर्शक उनै बी.पी. कोइरालालाई स्मरण गर्दै अपिल गर्न चाहन्छौं नेपाली कांग्रेसले आजका चुनौतिहरु सामना गर्न गम्भिर आत्मचिन्तन र विशेष तयारी गर्न आवश्यक छ र यसका लागि पार्टीभित्र बृहत्तर एकताको सुत्रमा बाँधिनु पर्दछ । पार्टीका साथिहरुलाई न्यायको अनुभूति दिलाउन सक्नु पर्दछ । आपसी दोष गुटगत भावना र आग्रह÷पूर्वाग्रह भन्दा माथि उठेर सृदृढ र आधुनिक कांग्रेसको बलियो आधारशिला खडा गर्ने संकल्प लिनु पर्दछ । हामी विश्वास दिलाउन चाहन्छौं, ‘हामी बदलिने छौं, कांगे्रसलाई बदल्ने छौं र राष्ट्रिय राजनीतिमा प्रखर भूमिकाका साथ पार्टीलाई नयाँ उचाईमा पु¥याउने छौं ।

चन्द्र भण्डारी
केन्द्रीय सदस्य

धनराज गुरुङ
केन्द्रीय सदस्य

विश्व प्रकाश शर्मा
केन्द्रीय सदस्य

गगन थापा
केन्द्रीय सदस्य

बद्रि पाण्डे
केन्द्रीय सदस्य

गुरुराज घिमिरे
केन्द्रीय सदस्य

प्रदिप पौडेल
केन्द्रीय सदस्य

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७४ पुष २४, ०८: ४९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७४ पुष २४, ०८: ४९

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
  • २०७४ पुष २४, ०८: ४९

काठमाडौं : नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई...