
पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
गण्डकीमा माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको हो ।आज बसेको पार्टी संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यसअघि मंगलबार मुख्यमन्त्री पाण्डेले माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै ३० दिनभित्र मुख्यमन्त्रीले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिनुपर्ने हुन्छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...