
काठमाडौं । केन्द्रमा सत्ता समीकरण परिवर्तन भयसँगै बागमती प्रदेशमा पनि त्यसको असर परेको छ । बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेस बाहिरिने निश्चित भएको छ ।
बागमती सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने तयारी भएको हो । सोही अनुसार बुधबार कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरूले सामूहिक राजीनामाको तयारी गरिएको हो ।
प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन रामकृष्ण चित्रकारले आज कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको जानकारी दिए ।
बागमती प्रदेश सरकारमा कांग्रेबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री रामकृष्ण चित्रकार, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जन रहेका छन् ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...