
काठमाडौं । प्रदर्शनका लागि बालुवाटार पुगेका १३ जना मिटरव्याज पिडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार उनीहरुलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरेका छन् ।
बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा मिटरब्याज पीडितलाई पक्राउ गरिएको उनले जानकारी दिए । एसपीका अनुसार बालुवाटार वरपर प्रदर्शन गरेपछि नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...