त्रिभुवन विमानस्थलमा उत्तरी दिशाबाट जहाज अवतरणमा रोक – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

त्रिभुवन विमानस्थलमा उत्तरी दिशाबाट जहाज अवतरणमा रोक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी चैत्र १९ देखि उत्तरी दिशाबाट जहाज अवतरणमा रोक लगाइएको छ ।

विमानस्थल कार्यालयले ‘रनवे टू–जिरो’को उत्तरी क्षेत्र ‘ट्याक्सी वे’मा काम गर्नुपर्ने भएकाले असार १६ सम्मका लागि जहाज अवतरणमा रोक लगाइएको जानकारी दिएको छ ।

विमानस्थलको तीन हजार ४५ मिटर लामो रनवेको उत्तरतिर २३६ मिटर भाग बन्द हुन लागेको हो । रनवेको २३६ मिटर घट्ने भएकाले ठूला जहाजलाई रनवे नपुग्ला भनेर

अवतरणमा रोक लगाइएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । विमानस्थलमा स्तरोन्नतिको काम भइरहेको छ ।

 

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २४, १०: १२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २४, १०: १२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २४, १०: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...