मन्त्रीलाई कित्ता क्लियर गर्न प्रधानमन्त्रीको निर्देशन – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

मन्त्रीलाई कित्ता क्लियर गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले राष्ट्रियता र पार्टी जोगिने सर्तमा मात्र आफूले राजीनामा दिने भन्दै आफूलाई हटाउन पार्टी भित्रैबाट चलखेल बढेको भन्दै कता लाग्ने हो क्लियर हुन मन्त्रीपरिषद्का सदस्यलाई शनिबार साँझ आफ्नो सरकारी निवास वालुवाटारमा बोलाएर आग्रह गरेका हुन् ।

मन्त्रीपरिषद्मा समेत प्रधानमन्त्री ओली अल्पमतमा रहेका छन् । नयाँ नक्सा जारी गरेपछि देशी तथा विदेशी प्रतिक्रयावादी सक्रिए भएकोले अहिले नै राजीनामा नदिने उनले बताएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार साँझ शितलनिवासमा भेटेर फर्किए लगत्तै मन्त्रीपरिषद्का सदस्यहरुको उपस्थितिमा प्रधानमन्त्री ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउन तयारी भइरहेको समेत जनाएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्न सक्ने मन्त्री आफूतर्फ आउने र अरूतर्फका मन्त्री उतै जान सक्ने बताएका थिए ।

ओलीले पार्टी एकता जटिल मोडमा पुगेको र अब जेसुकै हुनसक्छ भन्दै पार्टी विभाजनको संकेत गरेका थिए । नक्सा जारी भएपछि देशी विदेशी प्रतिक्रियावादी सक्रिए भएको दाबी गर्दै ओलीले आफूलाई दुवै पदबाट हटाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भइरहेको सूचना आफुसँग रहेको भन्दै डटेर प्रतिवाद गर्न भनेका थिए ।

पार्टीलाई विभाजनबाट रोक्न केही लचक हुन प्रधानमन्त्री ओलीलाई मन्त्री घनश्याम भुषाल र योगेश भट्टराईले आग्रह गरेका थिए । पार्टीका शीर्षस्थ नेताहरूले पार्टी र सरकार राम्रोसँग संचालन गर्न नसकेको भन्दै राजीनामा माग गरेपछि प्रधानमन्त्रीको राष्ट्रपतिसँग बारम्बार भेट गर्दै आएका छन् ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
  • २०७७ असार २२, १२: ३६

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा...

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७७ असार २२, १२: ३६

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७७ असार २२, १२: ३६

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...