
प्रधानमन्त्री ओलीले राष्ट्रियता र पार्टी जोगिने सर्तमा मात्र आफूले राजीनामा दिने भन्दै आफूलाई हटाउन पार्टी भित्रैबाट चलखेल बढेको भन्दै कता लाग्ने हो क्लियर हुन मन्त्रीपरिषद्का सदस्यलाई शनिबार साँझ आफ्नो सरकारी निवास वालुवाटारमा बोलाएर आग्रह गरेका हुन् ।
मन्त्रीपरिषद्मा समेत प्रधानमन्त्री ओली अल्पमतमा रहेका छन् । नयाँ नक्सा जारी गरेपछि देशी तथा विदेशी प्रतिक्रयावादी सक्रिए भएकोले अहिले नै राजीनामा नदिने उनले बताएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार साँझ शितलनिवासमा भेटेर फर्किए लगत्तै मन्त्रीपरिषद्का सदस्यहरुको उपस्थितिमा प्रधानमन्त्री ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउन तयारी भइरहेको समेत जनाएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्न सक्ने मन्त्री आफूतर्फ आउने र अरूतर्फका मन्त्री उतै जान सक्ने बताएका थिए ।
ओलीले पार्टी एकता जटिल मोडमा पुगेको र अब जेसुकै हुनसक्छ भन्दै पार्टी विभाजनको संकेत गरेका थिए । नक्सा जारी भएपछि देशी विदेशी प्रतिक्रियावादी सक्रिए भएको दाबी गर्दै ओलीले आफूलाई दुवै पदबाट हटाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भइरहेको सूचना आफुसँग रहेको भन्दै डटेर प्रतिवाद गर्न भनेका थिए ।
पार्टीलाई विभाजनबाट रोक्न केही लचक हुन प्रधानमन्त्री ओलीलाई मन्त्री घनश्याम भुषाल र योगेश भट्टराईले आग्रह गरेका थिए । पार्टीका शीर्षस्थ नेताहरूले पार्टी र सरकार राम्रोसँग संचालन गर्न नसकेको भन्दै राजीनामा माग गरेपछि प्रधानमन्त्रीको राष्ट्रपतिसँग बारम्बार भेट गर्दै आएका छन् ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...