सरकार बनाउने, टिकाउने कुरामा विदेशीहरुको ठूलो चलखेल छ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सरकार बनाउने, टिकाउने कुरामा विदेशीहरुको ठूलो चलखेल छ

बाढीपहिरो वितण्डाले सिन्धुपल्चोकमा के के भइरहेको छ, अहिलेसम्म के कति धनजनको क्षति भएको छ ?
०७७ असार २४ गते साँझदेखि २५ गते बिहानसम्म आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउपालिकाका विभिन्न ठाउँहरुमा बाढीपहिरो जानुका साथै ठूलो धनजनको क्षति पनि भएको छ । अन्यत्र ठाउँमा पनि धन क्षति त भएको छ । तर, मानवीय क्षेत्र भने दुई ठाउँमा भएको छ ।

जस अनुसार बाह्रबिसे नगरपालिकाको गाफी भन्ने गाउँको जम्मु भन्ने टोलमा २२ जना मान्छे सिगटे खोलाको पहिरोबाट बेपत्ता भएकोमा दुई जनाको लाश प्राप्त भएको छ । २० जना मान्छेहरु अहिलेसम्म बेपत्ता छन् । त्यस ठाउँमा सबिना बस्नेत, सुरेश तामाङ र माधवकृष्ण बस्नेतलाई हामीले हेलिकप्टरबाट हाम्स अस्पतालमा पटक–पटक गरेर ल्याएका छौं ।

उता भोटेकोशी गाउपालिकापट्टिका माया तामाङ, पेम्बा तामाङ, बुद्धिमाया तामाङ र सात दिनको बच्चालगायत सात जनतालाई हाम्स अस्पतालमा ल्याएर उपचार गराइएको छ ।

तपाईंको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत सरकार, प्रशासन र सम्बन्धित निकायलाई के ध्यानाकर्षण गराउन चाहन्छु भने ‘२० जना मान्छे पहिरोले पुरिएर बेपत्ता भएका छन् । न त्यहाँ एउटा स्काभेटर पु¥याइएको छ, न त्यहाँ कुनै खोजीको काम भएको छ न कुनै राहत र उद्दारको काम भएको छ ।” सरकार कता छ, हामीलाई थाहा भएन ।

तर संघीय संसदका सभामुख पनि पुग्नुभएको होइन् ? किन उद्दार हुन सकेन सरकार नपुगेको कारण के हो ?
तपाईंंलाई मैले अगाडिनै पनि भनिसकेको छु । हामीले बिरामीहरुलाई उपचार गर्न ल्यायौं । अग्निप्रसाद सापकोटाजी पनि हेलिकप्टर चढेर हिड्नुभएछ । त्यो ठाउँमा बादल लागेपछि हेलिकप्टरलाई बीचैमा रोक्न लगाउनुभयो । उहाँ घटनास्थल जानुभएन ।

हेलिकप्टर नगएपछि काठमाडौं नै फर्किनुभयो । पछि काठमाडौंबाट फेरि उड्नुभयो बादल लागेजस्तो भएपछि चौतारामा गएर बस्नुभएछ । हामीले चाहीं त्यही बादल लागेकै बेलामा बिरामीहरुलाई ओसारपसार गरिनै रह्यौं । पछिबाट बादल फाटिसकेपछि जम्बु भन्ने ठाउँको पहिरो गएको ठाउँमा पुग्नुभयो सभामुखज्यू ।

त्यसोभए सरकारको उपस्थिति भएपछि उद्वार ढिला भएको हो ?
राम्रोसँग होइन । पहिरोले पुरिरहेका मानिसहरु झिकिदिने र उद्दार गर्ने काम सरकारी पक्षबाट कुनै उपस्थिति देखिएको छैन । सरकारको यस्तो खालको रवैयाले त्यहाँका जनताहरु आक्रोशित छन् । जनताको वेहाल छ, हामीहरु त लागेका छौं, तर साधन स्रोत त सरकारसँग छ नि ?

सँधैभरी वर्षायाममा सिन्धुपाल्चोकको भोटकोशी निकै जोखिममा पर्नुको कारण के हो ?
एक त सिन्धुपाल्चोक अहिले मात्रै होइन, धेरै पहिलादेखि बाढीपहिरोले नोक्सान गरेको ठाउँ हो । यो जिल्ला विभिन्न किसिमका दैवी प्रकोपमा पटक पर्ने गरेका छन् । आजभन्दा ६ वर्ष अगाडि जुरेमा पहिरो जाँदा पनि भोटेकोशी तल आएपछि सुनकोशी १७ घण्टा थुनिएको थियो ।

त्यस पहिरोले पनि कोशी नै थुनेर तल बगाएकाले एकै ठाउँमा १४५ जनासम्म मान्छेको निधन भएको थियो । त्योभन्दा अगाडि पनि भोटेकोशीले ठूलो संख्यामा मान्छेलाई बगाएको थियो । एउटा यहाँको भौगोलिक बनावट पनि त्यस्तै छ ।

अर्को यो बेल्टको सबैभन्दा बढी पानी पर्ने ठाउँ पनि त्यही हो जुन ठाउँ पटक–पटक क्षतिग्रस्त भइरहेको छ । खासगरी २०७२ सालको भूकम्प आइसकेपछि सिन्धुपाल्चोक जिल्ला एकदमै जोखिममा रहेको थियो । नेपालमा सबैभन्दा बढी क्षेति भूकम्पमा सिन्धुपाल्चोकमा भएको हो ।

मानवीय क्षति पनि ४० प्रतिशत सिन्धुपाल्चोकमै भएको हो । त्यसपछि वस्तीलाई मिलाएर राख्ने अथवा बसेको ठाउँबाट हटाएर स्थानान्तरण गर्ने जुन किसिमको योजना थियो त्यो पनि सफल हुन सकेन ।

अलमल्याइएको, भुलाइएको कारणले पनि यहाँका बासिन्दाहरु जोखिममा परिराखेका हुन् । अर्कोतिर बाटाघाटा खन्ने निहुँमा र जथाभावी ढुंगा खानी सञ्चालन गर्ने कामले पनि वाधा पु¥याएको छ ।

त्यतातिर सरकार र प्रशासनले ध्यान दिन सकिराखेको छैन । अहिले जम्बु भन्ने ठाउँमा पहिरो गयो र ठूलो क्षति भयो । त्यहाँ नगरपालिकाले खनेर विभिन्न भौतिक संरचनाको काम गरिरहेको अवस्था थियो ।

स्थानीय जनताले यहाँ नखनिदिनुहोला पहिरो जान्छ भन्दाभन्दै पनि माधवकृष्ण बस्नेतलाई हेलिकप्टरमा लिएर काठमाडौं आइरहेका थियौं । उनलाई हेलिकप्टरमा राख्ने बित्तिकै ‘मैले त यिनीहरुलाई धेरै पटक भनेको हुँ’ –यहाँ नखनिदिनुहोस्, यहाँ पहिरो जान्छ भनेर गाउँलेहरुले धेरै कराएका थिए ।

हामीले अनुरोध गर्दागर्दै पनि उहाँहरुले मान्नुभएन भनिरहेका थिए माधेवकृष्णले । यसरी स्थानीय नमान्दा नमान्दै जनप्रतिनिधिहरुले नमान्दा जर्बरजस्ती गरेका कारण पहिरोको सामना गर्नुप¥यो सिन्धुपाल्चोक वासीले ।

तपाईं त सञ्चारमन्त्री भइसकेको व्यक्ति हो, भारतीय न्यूज च्यानलहरु नेपाल सरकारले बन्द गरेको छ, के प्रक्रिया ठिक छ ?
अहिलेको सरकारले गरेको के कुरा ठीक, के कुरा बेठिक भन्दा पनि आपूmलाई उचित लागेन भने त्यसको विरोधमा निर्णय गरिदिइहाल्छ । यो सरकारले कसैले बोलेको कुरा सहन र भनेको टेर्दैन् ।

यतिमात्रै होइन अहिले सामाजिक सञ्जालहरु सबै बन्द गर्न लागेको छ । यो सरकारले मिडियालाई यति सेन्सर गर्न खोजिरहेको छ सकेसम्म बन्दै गर्न खोजिरहेको छ ।

जनताको आवाज मुखरित नहोस् भनेर लागिरहेको छ । विपक्ष दल, कार्यकर्ता तथा जनता कसैले पनि सरकारको विरोध ग¥यो भने खेदिहाल्ने । पत्रकारले केही लेख्यो भने मुद्दा हाल्दिइहाल्ने । हिजो पनि सरकारले यति कठोर विधेयक ल्याउन खोजेको थियो ।

त्यसको मिडिया, नागरिक समाज, मानवअधिकारवादी र जनताले विरोध गरे र विधेयक फिर्ता पनि गराए । सामाजिक सञ्चालमा मात्रै सरकारको मपमान गरेको महसुस भयो भने १० औं लाख जरिवाना तिर्नुपर्ने, वर्षौं जेल जानुपर्ने । यस्तो किसिमका विधेयकहरु यो सरकारले पटक–पटक नल्याएको पनि होइन ।

भारतीय मिडियाले नेपालका प्रधानमन्त्री र जनताप्रति अपमान ग¥यो भन्ने छ नि तपाई के भन्नुहुन्छ ?
अनर्गल प्रचार गरे त यो सरकारले अहिले छुट्टै व्यवस्था गरेको होइन भन्ने मलाई लागेको हो । आफ्नो विरुद्धमा कसैले बोल्यो कि मुख थनिदिइहाल्ने, मुद्दा लाइदिहाल्ने, जुल हालिहाल्ने काम सरकारले गरिरहेको एउटा शृंखलामा फेरि यो एउटा कुरा थपियो ।

त्यसैले भारतले केही कुरा नराम्रो गरेको छ भने नेपाली राजदूतावास त्यहाँ छ । यहाँ भारतीय राजदूतावास छ । त्यहाँ गएर कुटनीतिक तरिकाले कुरा गर्नुप¥यो । किन यसरी गरीरहेको भन्नुप¥यो नी । एउटा देशको सार्वभौमसत्ताको बारेमा डिम्लोमेसी कुरा गर्नुप¥यो ।

उनीहरुले विरोध गरेका छन् भने आपूmले गरेको केही गल्ती देखिएका छन् भने त्यसलाई सुधार्नुप¥यो । तर, जसले विरोध गर्छ उसको मुख थुनिहाल्ने क्रियाकलाप अन्तर्गत यो काम भएको हो भन्ने मलाई लाग्छ ।

यहाँ राष्ट्रको फाइदाको लागि, जनताको हितको लागि भन्दा पनि आफ्ना विरोधीहरुलाई तह लगाउने, आपूm चाहीं विरोधी कुरा नसुन्ने कार्यशैलीअन्तर्गत यो काम भएको हो भन्ने मलाई लाग्छ ।

तपाईंलाई पनि थाहा छ, नेपालका प्रधानमन्त्री र चिनीयाँ राजदूतको बारेमा जसरी भारतीय मिडियाले जनु कार्य गरी रहेको छ, त्यस्तो नहुनुपर्ने होईन् ?
यो विषयमा म के भन्न चाहन्छु भने, ‘चिनीयाँ राजदूतले भारतको बारेमा के भन्नुभयो हामीलाई जानकारी छैन ।’ मलाई जानकारी भएसम्म नेकपालाई सत्तामा टिकाउन र सत्तामा पु¥याउन विदेशीहरुको चलखेल कति छ भन्ने बारेमा आज चिनीयाँ राजदूतले नेकपाभित्रको आन्तरिक झगडा चर्माेत्कर्षमा पुगेको बेलामा पटक–पटक नेताहरुको घरदैलोमा गएर नांगो तरिकाले भूमिका खेलीरहनु भएको छ ।

त्यसले नेपालीहरुको इज्जत, प्रतिष्ठामा नै आँच आउने गरी हुर्मत लिने काम भएको छ । अहिले फेरि एउटै पार्टीको दुई तिहाई हाराहारीको सरकार छ । त्यसलाई टिकाउन कसले खेल खेलेको छ हिजो भारतले खेल खेलेको होइन । नेकपा माओवादी र एमाले जोड्न भारतले खेल खेल्यो भनेर पत्रपत्रिकाहरुमा आएकै हुन् । त्यो बेलामा भारतीय कुटनीतिज्ञहरु र उच्चतहका नेताहरु नेकपाका नेताहरुलाई भेट्न हिँडेकै हुन् ।

त्यसैगरी अहिले चिनीयाँ राजदूत हिँडिरहनुभएको छ र अरु बेलाका कुनै आश्चर्यजनक विषय नै होइनन् । नेकपाले आफू सत्तामा टिकिरहन र पुग्नका लागि जुनसुकै खालको खेलोमेलो गर्न पछि पर्दैन ।

हिजो पूर्व माओवादी र पूर्व एमालेको कसरी समिकरण भयो । पहिला नेकपा माओवादी कांग्रेससँग सहकार्य गर्ने भनेर पनि हिडेको हो । त्यसकारण यो सरकार बनाउने, टिकाउने कुरामा विदेशीहरुको ठूलो चलखेल छ ।

फेरी हिजो मात्रै पनि चिनियाँ राजदूतले प्रचण्डलाई भेटेर सरकारलाई सहयोग गर्न सुझाउनुभयो नि ?
यो मलाई र राजनीतिक नेतृत्वलाई मात्रै होइन सारा नेपाली जनतालाई थाहा छ । अहिले आन्तरिक झगडा चरमोत्कर्षमा पुगेको बेलामा चिनियाँ राजदूतले घर–घरमा गएर सत्ताधारी नेताहरुलाई घेट्नुको औचित्य के हो ? यो स्पष्ट छ । त्यसकारण मैले भनिरहनुपर्ने आवश्यकता छैन ।

यो कुरा यो देशको सञ्चारजगत्ले बताईरहेको छ । नेपाली जनताले भनिरहेका छन् । यिनै मिडियाबाट हिजो भारतसमेत लागेर नेकपालाई सत्तामा पु¥याइदियो भन्ने समाचार पनि हामीले सुनेकै हो । भारतीयहरुसँग भएको चलखेल त्यो बेलामा पनि थाहा भएकै हो । अहिले फेरि चिनियाँहरुको चलखेल बढेको भन्ने पनि सुनिरहेका छौं ।

चिनियाँ राजदूत नेताहरुको घर–घर धाइरहनुभएको छ । नेपाल सरकारका प्रतिनिधिहरुले चिनियाँ कम्युनिस्ट पार्टीसँग भिडियो कन्फरेन्स गरिरहेका छन् । त्यसैले यस्तो खालको खेलोमेलो चलिरहेको छ । सरकारी पक्षबाट यस्ता खालका खेलामेला हुनु असोभनीय नै देखिन्छ ।

अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् देशमा भईरहेको बाढी पहिरोको बारेमा र विषेशगरी सिन्धुपाल्चोकको क्षतिका बारेमा मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !

सम्बन्धित समाचार

What live casino games does Gransino offer?
  • २०७७ असार २९, १२: २५

Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...

What should a beginner know before a first deposit at BetBlast?
  • २०७७ असार २९, १२: २५

Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...

How Do You Contact InstaSpin Customer Support and Fix Account Problems?
  • २०७७ असार २९, १२: २५

InstaSpin runs a casino and a sportsbook on one account with 3,793 games, and it takes Bitcoin, Ethereum, Tether, Visa,...