
बाढीपहिरो वितण्डाले सिन्धुपल्चोकमा के के भइरहेको छ, अहिलेसम्म के कति धनजनको क्षति भएको छ ?
०७७ असार २४ गते साँझदेखि २५ गते बिहानसम्म आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउपालिकाका विभिन्न ठाउँहरुमा बाढीपहिरो जानुका साथै ठूलो धनजनको क्षति पनि भएको छ । अन्यत्र ठाउँमा पनि धन क्षति त भएको छ । तर, मानवीय क्षेत्र भने दुई ठाउँमा भएको छ ।
जस अनुसार बाह्रबिसे नगरपालिकाको गाफी भन्ने गाउँको जम्मु भन्ने टोलमा २२ जना मान्छे सिगटे खोलाको पहिरोबाट बेपत्ता भएकोमा दुई जनाको लाश प्राप्त भएको छ । २० जना मान्छेहरु अहिलेसम्म बेपत्ता छन् । त्यस ठाउँमा सबिना बस्नेत, सुरेश तामाङ र माधवकृष्ण बस्नेतलाई हामीले हेलिकप्टरबाट हाम्स अस्पतालमा पटक–पटक गरेर ल्याएका छौं ।
उता भोटेकोशी गाउपालिकापट्टिका माया तामाङ, पेम्बा तामाङ, बुद्धिमाया तामाङ र सात दिनको बच्चालगायत सात जनतालाई हाम्स अस्पतालमा ल्याएर उपचार गराइएको छ ।
तपाईंको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत सरकार, प्रशासन र सम्बन्धित निकायलाई के ध्यानाकर्षण गराउन चाहन्छु भने ‘२० जना मान्छे पहिरोले पुरिएर बेपत्ता भएका छन् । न त्यहाँ एउटा स्काभेटर पु¥याइएको छ, न त्यहाँ कुनै खोजीको काम भएको छ न कुनै राहत र उद्दारको काम भएको छ ।” सरकार कता छ, हामीलाई थाहा भएन ।
तर संघीय संसदका सभामुख पनि पुग्नुभएको होइन् ? किन उद्दार हुन सकेन सरकार नपुगेको कारण के हो ?
तपाईंंलाई मैले अगाडिनै पनि भनिसकेको छु । हामीले बिरामीहरुलाई उपचार गर्न ल्यायौं । अग्निप्रसाद सापकोटाजी पनि हेलिकप्टर चढेर हिड्नुभएछ । त्यो ठाउँमा बादल लागेपछि हेलिकप्टरलाई बीचैमा रोक्न लगाउनुभयो । उहाँ घटनास्थल जानुभएन ।
हेलिकप्टर नगएपछि काठमाडौं नै फर्किनुभयो । पछि काठमाडौंबाट फेरि उड्नुभयो बादल लागेजस्तो भएपछि चौतारामा गएर बस्नुभएछ । हामीले चाहीं त्यही बादल लागेकै बेलामा बिरामीहरुलाई ओसारपसार गरिनै रह्यौं । पछिबाट बादल फाटिसकेपछि जम्बु भन्ने ठाउँको पहिरो गएको ठाउँमा पुग्नुभयो सभामुखज्यू ।
त्यसोभए सरकारको उपस्थिति भएपछि उद्वार ढिला भएको हो ?
राम्रोसँग होइन । पहिरोले पुरिरहेका मानिसहरु झिकिदिने र उद्दार गर्ने काम सरकारी पक्षबाट कुनै उपस्थिति देखिएको छैन । सरकारको यस्तो खालको रवैयाले त्यहाँका जनताहरु आक्रोशित छन् । जनताको वेहाल छ, हामीहरु त लागेका छौं, तर साधन स्रोत त सरकारसँग छ नि ?
सँधैभरी वर्षायाममा सिन्धुपाल्चोकको भोटकोशी निकै जोखिममा पर्नुको कारण के हो ?
एक त सिन्धुपाल्चोक अहिले मात्रै होइन, धेरै पहिलादेखि बाढीपहिरोले नोक्सान गरेको ठाउँ हो । यो जिल्ला विभिन्न किसिमका दैवी प्रकोपमा पटक पर्ने गरेका छन् । आजभन्दा ६ वर्ष अगाडि जुरेमा पहिरो जाँदा पनि भोटेकोशी तल आएपछि सुनकोशी १७ घण्टा थुनिएको थियो ।
त्यस पहिरोले पनि कोशी नै थुनेर तल बगाएकाले एकै ठाउँमा १४५ जनासम्म मान्छेको निधन भएको थियो । त्योभन्दा अगाडि पनि भोटेकोशीले ठूलो संख्यामा मान्छेलाई बगाएको थियो । एउटा यहाँको भौगोलिक बनावट पनि त्यस्तै छ ।
अर्को यो बेल्टको सबैभन्दा बढी पानी पर्ने ठाउँ पनि त्यही हो जुन ठाउँ पटक–पटक क्षतिग्रस्त भइरहेको छ । खासगरी २०७२ सालको भूकम्प आइसकेपछि सिन्धुपाल्चोक जिल्ला एकदमै जोखिममा रहेको थियो । नेपालमा सबैभन्दा बढी क्षेति भूकम्पमा सिन्धुपाल्चोकमा भएको हो ।
मानवीय क्षति पनि ४० प्रतिशत सिन्धुपाल्चोकमै भएको हो । त्यसपछि वस्तीलाई मिलाएर राख्ने अथवा बसेको ठाउँबाट हटाएर स्थानान्तरण गर्ने जुन किसिमको योजना थियो त्यो पनि सफल हुन सकेन ।
अलमल्याइएको, भुलाइएको कारणले पनि यहाँका बासिन्दाहरु जोखिममा परिराखेका हुन् । अर्कोतिर बाटाघाटा खन्ने निहुँमा र जथाभावी ढुंगा खानी सञ्चालन गर्ने कामले पनि वाधा पु¥याएको छ ।
त्यतातिर सरकार र प्रशासनले ध्यान दिन सकिराखेको छैन । अहिले जम्बु भन्ने ठाउँमा पहिरो गयो र ठूलो क्षति भयो । त्यहाँ नगरपालिकाले खनेर विभिन्न भौतिक संरचनाको काम गरिरहेको अवस्था थियो ।
स्थानीय जनताले यहाँ नखनिदिनुहोला पहिरो जान्छ भन्दाभन्दै पनि माधवकृष्ण बस्नेतलाई हेलिकप्टरमा लिएर काठमाडौं आइरहेका थियौं । उनलाई हेलिकप्टरमा राख्ने बित्तिकै ‘मैले त यिनीहरुलाई धेरै पटक भनेको हुँ’ –यहाँ नखनिदिनुहोस्, यहाँ पहिरो जान्छ भनेर गाउँलेहरुले धेरै कराएका थिए ।
हामीले अनुरोध गर्दागर्दै पनि उहाँहरुले मान्नुभएन भनिरहेका थिए माधेवकृष्णले । यसरी स्थानीय नमान्दा नमान्दै जनप्रतिनिधिहरुले नमान्दा जर्बरजस्ती गरेका कारण पहिरोको सामना गर्नुप¥यो सिन्धुपाल्चोक वासीले ।
तपाईं त सञ्चारमन्त्री भइसकेको व्यक्ति हो, भारतीय न्यूज च्यानलहरु नेपाल सरकारले बन्द गरेको छ, के प्रक्रिया ठिक छ ?
अहिलेको सरकारले गरेको के कुरा ठीक, के कुरा बेठिक भन्दा पनि आपूmलाई उचित लागेन भने त्यसको विरोधमा निर्णय गरिदिइहाल्छ । यो सरकारले कसैले बोलेको कुरा सहन र भनेको टेर्दैन् ।
यतिमात्रै होइन अहिले सामाजिक सञ्जालहरु सबै बन्द गर्न लागेको छ । यो सरकारले मिडियालाई यति सेन्सर गर्न खोजिरहेको छ सकेसम्म बन्दै गर्न खोजिरहेको छ ।
जनताको आवाज मुखरित नहोस् भनेर लागिरहेको छ । विपक्ष दल, कार्यकर्ता तथा जनता कसैले पनि सरकारको विरोध ग¥यो भने खेदिहाल्ने । पत्रकारले केही लेख्यो भने मुद्दा हाल्दिइहाल्ने । हिजो पनि सरकारले यति कठोर विधेयक ल्याउन खोजेको थियो ।
त्यसको मिडिया, नागरिक समाज, मानवअधिकारवादी र जनताले विरोध गरे र विधेयक फिर्ता पनि गराए । सामाजिक सञ्चालमा मात्रै सरकारको मपमान गरेको महसुस भयो भने १० औं लाख जरिवाना तिर्नुपर्ने, वर्षौं जेल जानुपर्ने । यस्तो किसिमका विधेयकहरु यो सरकारले पटक–पटक नल्याएको पनि होइन ।
भारतीय मिडियाले नेपालका प्रधानमन्त्री र जनताप्रति अपमान ग¥यो भन्ने छ नि तपाई के भन्नुहुन्छ ?
अनर्गल प्रचार गरे त यो सरकारले अहिले छुट्टै व्यवस्था गरेको होइन भन्ने मलाई लागेको हो । आफ्नो विरुद्धमा कसैले बोल्यो कि मुख थनिदिइहाल्ने, मुद्दा लाइदिहाल्ने, जुल हालिहाल्ने काम सरकारले गरिरहेको एउटा शृंखलामा फेरि यो एउटा कुरा थपियो ।
त्यसैले भारतले केही कुरा नराम्रो गरेको छ भने नेपाली राजदूतावास त्यहाँ छ । यहाँ भारतीय राजदूतावास छ । त्यहाँ गएर कुटनीतिक तरिकाले कुरा गर्नुप¥यो । किन यसरी गरीरहेको भन्नुप¥यो नी । एउटा देशको सार्वभौमसत्ताको बारेमा डिम्लोमेसी कुरा गर्नुप¥यो ।
उनीहरुले विरोध गरेका छन् भने आपूmले गरेको केही गल्ती देखिएका छन् भने त्यसलाई सुधार्नुप¥यो । तर, जसले विरोध गर्छ उसको मुख थुनिहाल्ने क्रियाकलाप अन्तर्गत यो काम भएको हो भन्ने मलाई लाग्छ ।
यहाँ राष्ट्रको फाइदाको लागि, जनताको हितको लागि भन्दा पनि आफ्ना विरोधीहरुलाई तह लगाउने, आपूm चाहीं विरोधी कुरा नसुन्ने कार्यशैलीअन्तर्गत यो काम भएको हो भन्ने मलाई लाग्छ ।
तपाईंलाई पनि थाहा छ, नेपालका प्रधानमन्त्री र चिनीयाँ राजदूतको बारेमा जसरी भारतीय मिडियाले जनु कार्य गरी रहेको छ, त्यस्तो नहुनुपर्ने होईन् ?
यो विषयमा म के भन्न चाहन्छु भने, ‘चिनीयाँ राजदूतले भारतको बारेमा के भन्नुभयो हामीलाई जानकारी छैन ।’ मलाई जानकारी भएसम्म नेकपालाई सत्तामा टिकाउन र सत्तामा पु¥याउन विदेशीहरुको चलखेल कति छ भन्ने बारेमा आज चिनीयाँ राजदूतले नेकपाभित्रको आन्तरिक झगडा चर्माेत्कर्षमा पुगेको बेलामा पटक–पटक नेताहरुको घरदैलोमा गएर नांगो तरिकाले भूमिका खेलीरहनु भएको छ ।
त्यसले नेपालीहरुको इज्जत, प्रतिष्ठामा नै आँच आउने गरी हुर्मत लिने काम भएको छ । अहिले फेरि एउटै पार्टीको दुई तिहाई हाराहारीको सरकार छ । त्यसलाई टिकाउन कसले खेल खेलेको छ हिजो भारतले खेल खेलेको होइन । नेकपा माओवादी र एमाले जोड्न भारतले खेल खेल्यो भनेर पत्रपत्रिकाहरुमा आएकै हुन् । त्यो बेलामा भारतीय कुटनीतिज्ञहरु र उच्चतहका नेताहरु नेकपाका नेताहरुलाई भेट्न हिँडेकै हुन् ।
त्यसैगरी अहिले चिनीयाँ राजदूत हिँडिरहनुभएको छ र अरु बेलाका कुनै आश्चर्यजनक विषय नै होइनन् । नेकपाले आफू सत्तामा टिकिरहन र पुग्नका लागि जुनसुकै खालको खेलोमेलो गर्न पछि पर्दैन ।
हिजो पूर्व माओवादी र पूर्व एमालेको कसरी समिकरण भयो । पहिला नेकपा माओवादी कांग्रेससँग सहकार्य गर्ने भनेर पनि हिडेको हो । त्यसकारण यो सरकार बनाउने, टिकाउने कुरामा विदेशीहरुको ठूलो चलखेल छ ।
फेरी हिजो मात्रै पनि चिनियाँ राजदूतले प्रचण्डलाई भेटेर सरकारलाई सहयोग गर्न सुझाउनुभयो नि ?
यो मलाई र राजनीतिक नेतृत्वलाई मात्रै होइन सारा नेपाली जनतालाई थाहा छ । अहिले आन्तरिक झगडा चरमोत्कर्षमा पुगेको बेलामा चिनियाँ राजदूतले घर–घरमा गएर सत्ताधारी नेताहरुलाई घेट्नुको औचित्य के हो ? यो स्पष्ट छ । त्यसकारण मैले भनिरहनुपर्ने आवश्यकता छैन ।
यो कुरा यो देशको सञ्चारजगत्ले बताईरहेको छ । नेपाली जनताले भनिरहेका छन् । यिनै मिडियाबाट हिजो भारतसमेत लागेर नेकपालाई सत्तामा पु¥याइदियो भन्ने समाचार पनि हामीले सुनेकै हो । भारतीयहरुसँग भएको चलखेल त्यो बेलामा पनि थाहा भएकै हो । अहिले फेरि चिनियाँहरुको चलखेल बढेको भन्ने पनि सुनिरहेका छौं ।
चिनियाँ राजदूत नेताहरुको घर–घर धाइरहनुभएको छ । नेपाल सरकारका प्रतिनिधिहरुले चिनियाँ कम्युनिस्ट पार्टीसँग भिडियो कन्फरेन्स गरिरहेका छन् । त्यसैले यस्तो खालको खेलोमेलो चलिरहेको छ । सरकारी पक्षबाट यस्ता खालका खेलामेला हुनु असोभनीय नै देखिन्छ ।
अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् देशमा भईरहेको बाढी पहिरोको बारेमा र विषेशगरी सिन्धुपाल्चोकको क्षतिका बारेमा मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !
Бүгінгі жарыс қарқыны әлемінде, mostbet qazaqstan тез әсер алуды қалайтындар үшін өз орнын тапты — марафондық еңбектенусіз. Платформаның дизайны пайдаланушыларды...
1. The Payid Casino Experience in Minutes Payid Casino offers a crisp, streamlined interface that feels almost like a mobile...
When the lights flicker on a new gaming session, the urge to hit a big win and move on is...