संघीय संसदका सभामुख देवराज घिमिरेको भूमिका व्यवस्थापिका संसदको अभिभावकभन्दा सत्तारुढ दल नेकपा एमालेको छायाँको रुपमा भूमिका निर्वाह गरिरहेका छन् । उनको भूमिका वारम्बार बिबादमा पर्नुको पछि उनको निर्णय क्षमता र दलिय आवद्धताको प्रभाव नै हो । नेकपा एमाले प्रमुख प्रतिपक्षमा हुँदा प्रतिपक्षी दलका नेतालाई बोल्न दिएर सत्तारुढ दलका सांसदलाई बोल्न नदिने, वोल्न दिए पनि छोटो समय मात्र दिने र दलिय हैसियतको आधारमा समय निर्धारण गर्नुभन्दा तजविजी अधिकार प्रयोग गर्ने गरेका छन् । उनको भूमिकालाई लिएर वैशाख २८ गते प्रतिनिधि सभाको बैठकमा सांसद गगन थापाको गतिलो जवाफ खान पुगे ।
सहकारी पीडितको पक्षमा र सहकारी पीडकको रुपमा गृहमन्त्री लामिछानेविरुद्ध आरोपहरु आएपछि छानबिनको माग गरिरहेको कांग्रेसको मागलाई नजरअन्दाज गरी संसदका कार्यसूची जबर्जस्ती बढाउन खोज्ने र आकश्मिक समयमा बोल्न खोज्ने संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापालाई तीन मिनेटमा आफ्नो भनाई राख्न निर्देशन दिए पछि उनको पक्षपातपूर्ण व्यवहार प्रष्ट भएको हो । त्यसपछि थापाले आफू सार्वभौम नागरिकले चुनेको जनप्रतिनि भएकाले कसैको निगाहमा नभएर बोल्न पाउने अधिकारको प्रयोग गर्ने भनेर जवाफ दिएका थिए । कांग्रेस संसदीय दलको बैठकमा समेत महामन्त्री थापाले सभामुख देवराज घिमिरेको भूमिका र सरकारको रवैया गलत र प्रतिपक्षीको मागलाई पेलेरै अघि बढ्ने नियतको भएको निष्कर्ष सुनाएका थिए ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सरकारलाई सहज हुने र प्रतिपक्षलाई असहयोग गर्ने गरी गृहमन्त्री लामिछानेले बोलेपछि कांग्रेसका सांसदले बोल्न पाउनु पर्ने प्रस्तावलाई अश्विकार गर्दा सरकार अप्ठ्यारोमा परेको थियो ।
संसदको दोश्रो वैठक बस्नुअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत सभामुखले गृहमन्त्री लामिछाने बोलेपछि प्रमुख प्रतिपक्षी दललाई बोल्न नदिने निरंकुस र एकपक्षिय नीति लिएका थिए । लामिछानेलाई बोल्न दिन कांग्रेस लचिलो बनेको अवस्थामा सभामुखले कांग्रेसलाई भने लामिछानेपछि बोल्न नदिने अडान लिएका कारण संसद बैठक अबरुद्ध भएको थियो । प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेको भन्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारा बमोजिम सभामुख घिमिरले लामिछानेपछि कांग्रेसलाई बोल्न दिँदा पोल खुल्ने र ढाँटेको काट्टे नमिल्ने हुँदा समस्या पर्ने भन्दै कांग्रेसलाई बोल्न नदिनु भन्ने सुझाव दिएको स्रोतले बतायो । स्मरिणय छ, सभामुख भएका घिमिरे संसदको दोश्रो ठूलो दल एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएमा उनको निवास गएर सभामुखको प्रतिष्ठा र गरिमालाई धब्बा लगाइ सकेका छन् । नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...
काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...