यी हुन् नैतिकता देखाएर राजिनामा दिने मन्त्रीहरु – Naya Bikalpa
March 16, 2025, Sunday

यी हुन् नैतिकता देखाएर राजिनामा दिने मन्त्रीहरु

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीको संरक्षण र उक्साहटमा परेर सहकारी ठगीको आरोपमा आफूबिरुद्ध प्रतिवेदनहरु सार्वजनिक भए पनि गृहमन्त्री रबी लामिछानेले भने राजिनामा त के छानबिन समिति पनि बनाउन नहुने पक्षमा उभिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको टिप्पणी गरेको विषय विवादमा परेपछि आइतबार नैतिकताको आधारमा पदबाट राजीनामा दिएका छन् । तर यो देशका गृहमन्त्री लामिछानेले पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको प्रतिवेदन छानबिन समितिले सार्वजनिक गर्दा पनि राजिनामा दिएका छैनन् । अरुलाई नैतिकताको पाठ सिकाउने लामिछानेले राजिनामा दिने त परको कुरा उनीमाथि संसदीय छानबिन समिति पनि गठन गर्न नहुने र संसदमा उनले बोलेपछि प्रतिपक्षी कांग्रेसले बोल्न नपाउने हठ समेत प्रस्तुत गरेका छन् ।

यसअघि अर्थमन्त्री भएका भरतमोहन अधिकार (स्वर्गीय), डा. रामशरण महत, विष्णु पौडेल, जनार्दन शर्मामाथि करका दरहरु थपघट भएका सूचना चुहाएको, विदेशी मुद्राको स्रोत नखुलेको, स्वार्थ समूहको चाहनामा करका दर निर्धारण गरेको, बजेट निर्माणमा अबैध व्यक्तिवको संलग्नता रहेको जस्ता आरोपहरु लागेपछि संसदीय छानबिन समित गठन भएका थिए । ती सबै समितिले छानबिन गरेर उनीहरुलाई निर्दोष साबित गरे पनि छानबिन अवधिभर उनीहरुले पदबाट राजिनामा दिएका थिए । तत्कालिन सूचना तथा संचारमन्त्री गोकुल वाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनको डिल गरेको अडियो सार्वजनिक हुँदा, तत्कालिन कानूनमन्त्री शेरबहादुर तामाङले एमबिबिएस अध्ययन गर्न वंगलादेश पढ्न जाने नेपाली महिलाको विषयमा विवादस्पद अभिव्यक्ति दिँदा, रास्वपाका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग २ करोड सहयोग माग गरेको अडियो सार्वजनिक हुँदा पदबाट राजिनामा दिएका थिए । तर यो मुलुकका जब्बर गृहमन्त्री रबी लामिछानेबिरुद्ध दुई दुई वटा सहकारी ठगीमा संलग्न भएको प्रतिवेदनहरु सार्वजनिक हुँदा राजिनामा त के छानबिन पनि गर्न राज्यका सारा निकाय अबरोध गरिरहेका छन् । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो
  • २०८१ बैशाख ३१, १३: ५५

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...

ख्वप अस्पतालया अनुगमन
ख्वप अस्पतालया अनुगमन
  • २०८१ बैशाख ३१, १३: ५५

ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...

गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
गठबन्धन सरकार परिस्थितिया उपज खः : उपप्रधानमन्त्री सिंह
  • २०८१ बैशाख ३१, १३: ५५

तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...