
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्न आफूसँग असहमत राख्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्न थालेको भन्दै नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले आपत्ति जनाएका छन् ।
नेता पौडेलको सम्पर्क कार्यालय अनामनगरमा बुधबार दिउँसो बसेको बैठकमा नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति तथा महासमिति सदस्य सीता सापकोटालाई अनुशासन समितिले कारबाही गर्ने उदेश्यले स्पष्टिकरण सोधेको भन्दै आपत्ति जनाएको छ ।
पौडेल पक्षधर नेताहरुको बैठकले आफुसंग असहमत नेता कार्यकर्तालाई कारवाही प्रक्रिया अघि बढाएर सभपाति देउवा पक्षले तर्साउन खोजेको निष्कर्ष निकालेको नेता अर्जुननरसिंह केसीले वताएका थिए ।
बेल्जियम जनसम्पर्क समितिकी सभापति सिता सापकोटालाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । सापकोटालाई नागरिकता विधेयकमा उपभापति बिमलेन्द्र निधीको विचारसंग असहमती जनाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रतिशोध साँधेर अनुशासन समितिले कारवाही प्रक्रिया अगाडि बढाइएको थियो ।
बैठकमा सभापति देउवा समुहले पार्र्टी प्रवेशका नाममा जथाभावि क्रियाशील सदस्यता वितरण गर्न लागेको भन्दै रोक्न दबाब दिनु पर्ने सुझाव दिएका थिए ।
भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शाशंक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडु, दीपक गिरी लगायतका नेताहरु सहभागि थिए । भेलामा सभापति देउवा समुहले आफुसंग असहमत पक्षलाई अनुशासनका नाममा कारवाही गरेर तर्साउने काम थालेको निष्कर्ष निकालेको छ ।
सभापति देउवा पक्षसँग असहमति जनाए पनि सभापतिको सम्भावित उम्मेदवार भनेर चिनिएका कृष्णप्रसाद सिटौला र डा. शेखर कोइरालाको भने उपस्थिति थिएन् ।
सीता सापकोटा लगायतलाई कारबाही गर्न खोजेको भन्दै आपत्ति जनाएको र महाधिवेशन प्रक्रिया शुरु भएपछि जताभावी सदस्यता वितरण गरेको र असहमत पक्षलाई कारबाही गर्न खोजेको जनाएका छन् । विभाग गठनका नाममा सभापति देउवा पक्षले विभिन्न नियुक्तीमा लागेकोमा समेत आपत्ती जनाएको छ ।
भेलाले क्रियाशील सदस्यता तथा महाविधेशनको मिति तोकेपछि नेता कार्यकर्तामाथि गरिएको कारवाहीका विषयमा पार्टीको निर्वाचन समिति र सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
पार्टीका नेता कार्यकर्तामाथिको कारवाहीका विषयमा नेता पौडेल, महामन्त्री कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले सभापतिसंग छलफल गरेर टुंगो लगाउने समेत निर्णय भएको भेलामा सहभागी नेता अर्जुननरसिंह केसीले जनाए ।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...