सीतालाई कारबाही गर्न खोज्दा रामचन्द्रलाई आपत्ति – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

सीतालाई कारबाही गर्न खोज्दा रामचन्द्रलाई आपत्ति

नेपाली जनसम्पर्क समिति सभापती, वेल्जियम सिता सापकाेटा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्न आफूसँग असहमत राख्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्न थालेको भन्दै नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले आपत्ति जनाएका छन् ।

नेता पौडेलको सम्पर्क कार्यालय अनामनगरमा बुधबार दिउँसो बसेको बैठकमा नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति तथा महासमिति सदस्य सीता सापकोटालाई अनुशासन समितिले कारबाही गर्ने उदेश्यले स्पष्टिकरण सोधेको भन्दै आपत्ति जनाएको छ ।

पौडेल पक्षधर नेताहरुको बैठकले आफुसंग असहमत नेता कार्यकर्तालाई कारवाही प्रक्रिया अघि बढाएर सभपाति देउवा पक्षले तर्साउन खोजेको निष्कर्ष निकालेको नेता अर्जुननरसिंह केसीले वताएका थिए ।

बेल्जियम जनसम्पर्क समितिकी सभापति सिता सापकोटालाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । सापकोटालाई नागरिकता विधेयकमा उपभापति बिमलेन्द्र निधीको विचारसंग असहमती जनाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रतिशोध साँधेर अनुशासन समितिले कारवाही प्रक्रिया अगाडि बढाइएको थियो ।

बैठकमा सभापति देउवा समुहले पार्र्टी प्रवेशका नाममा जथाभावि क्रियाशील सदस्यता वितरण गर्न लागेको भन्दै रोक्न दबाब दिनु पर्ने सुझाव दिएका थिए ।

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शाशंक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडु, दीपक गिरी लगायतका नेताहरु सहभागि थिए । भेलामा सभापति देउवा समुहले आफुसंग असहमत पक्षलाई अनुशासनका नाममा कारवाही गरेर तर्साउने काम थालेको निष्कर्ष निकालेको छ ।

सभापति देउवा पक्षसँग असहमति जनाए पनि सभापतिको सम्भावित उम्मेदवार भनेर चिनिएका कृष्णप्रसाद सिटौला र डा. शेखर कोइरालाको भने उपस्थिति थिएन् ।

सीता सापकोटा लगायतलाई कारबाही गर्न खोजेको भन्दै आपत्ति जनाएको र महाधिवेशन प्रक्रिया शुरु भएपछि जताभावी सदस्यता वितरण गरेको र असहमत पक्षलाई कारबाही गर्न खोजेको जनाएका छन् । विभाग गठनका नाममा सभापति देउवा पक्षले विभिन्न नियुक्तीमा लागेकोमा समेत आपत्ती जनाएको छ ।

भेलाले क्रियाशील सदस्यता तथा महाविधेशनको मिति तोकेपछि नेता कार्यकर्तामाथि गरिएको कारवाहीका विषयमा पार्टीको निर्वाचन समिति र सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पार्टीका नेता कार्यकर्तामाथिको कारवाहीका विषयमा नेता पौडेल, महामन्त्री कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले सभापतिसंग छलफल गरेर टुंगो लगाउने समेत निर्णय भएको भेलामा सहभागी नेता अर्जुननरसिंह केसीले जनाए ।

सम्बन्धित समाचार

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ श्रावण १, १५: १०

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान गर्दै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ श्रावण १, १५: १०

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ श्रावण १, १५: १०

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...