नेपाल–भारत सिमानामा अव एसपीकाे नेतृत्व, दरवन्दी पनि थपियाे – Naya Bikalpa
March 28, 2024, Thursday

नेपाल–भारत सिमानामा अव एसपीकाे नेतृत्व, दरवन्दी पनि थपियाे


नयाँ विकल्प,


काठमाडौं– नेपाल सरकारले नेपाल भारत सिमा क्षेत्रमा थप सुरक्षा मजवुत बनाउने तयारी गरेको छ ।
हाल नेपाल भारत सिमाना रहेका बोर्डर आउटपोष्ट ( विओपी )लाई थप मजबुत बनाउन आवस्यक स्थानमा शसस्त्र प्रहरी गण नै स्थापना गरिन लागेको हो ।

यसै क्रममा गृहमन्त्रालये सशस्त्र प्रहरी बलका २९ वटा गुल्म खारेज गरी आठवटा गण बनाउने र ति थपिएका गण विओपी रहेका स्थानमा रहने जनाईएको छ ।

सिमा सुरक्षामा रहेका विओपीको नेतृत्व शसस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) ले गदै आएका छन ।
जसमा ८ देखि १० जनाको जनशक्ति रहदै आएको छ । ससस्त्र प्रहरीमा हाल गण स्थापना पछि सिमा सुरक्षामा एसपीको नेतृत्वमा ६ सय २० जना दरवन्दी कायम हुने छ ।

नेपाल भारत सिमा क्षेत्रका विषेश नाकामा गण तैनाथ गर्ने तयारी सरकारकाे छ । थपिएका गणले आवस्यक परेको बेला अन्य विओपीलाई मद्दत तथा आवस्यक सहयोग समेत गर्ने छन ।

भारतले नेपालसंग जोडिएको सिमा सुरक्षाका लागी सिमा शुरक्षा बल एसएसवी तैनाथ गरेको छ । जसको दरवदी कम्तिमा ३५ देखि ४० रहेको छ ।

सरकारले भन्सार तथा औद्योगिक सुरक्षामा खटिएका जनशक्तिलाई सीमा सुरक्षामा केन्द्रित गर्ने योजनाअनुसार सशस्त्र प्रहरीको नयाँ जनशक्ति संरचना तयार गरिएको हो ।


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ ।
सर्वेक्षणअनुसार सशस्त्र प्रहरीले जनशक्ति पुनर्संरचनाको तयारी अघि बढाएको छ । गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको नेतृत्वमा तयार गरिएको ओएन्डएम सर्वेक्षण स्वीकृत भएको हो ।

नयाँ संरचनाअनुसार अब सीमाक्षेत्रमा सशस्त्र प्रहरीको बिओपीको संंख्या दुई सय २१ पुग्नेछ । सरकारले विओपीको संख्या कम्तिमा ५ सय पुर्याउने गरि गृहकार्य भैरहेको जनाएको छ ।

गृह मन्त्रालयका अनुसार एसपीको ६, तथा डिएसपी र इन्स्पेक्टरको नौ÷नौवटा दरबन्दी थप भएको छ ।

एक सय २४ हवल्दारको दरबन्दी कटौती गरी माथिल्लो पदमा मिलान गरिएको छ । जसमध्ये २४ सिनियर तथा एक सय पदमा सइ र असइको पनि दरबन्दी थपिएको छ ।

सम्बन्धित समाचार

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७७ श्रावण २, १०: २८

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...

उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
  • २०७७ श्रावण २, १०: २८

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको उत्तरपुस्तिका हराएको घटनाका दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेको छ ।...

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७७ श्रावण २, १०: २८

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...