नेपाल–भारत सिमानामा अव एसपीकाे नेतृत्व, दरवन्दी पनि थपियाे – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

नेपाल–भारत सिमानामा अव एसपीकाे नेतृत्व, दरवन्दी पनि थपियाे


नयाँ विकल्प,


काठमाडौं– नेपाल सरकारले नेपाल भारत सिमा क्षेत्रमा थप सुरक्षा मजवुत बनाउने तयारी गरेको छ ।
हाल नेपाल भारत सिमाना रहेका बोर्डर आउटपोष्ट ( विओपी )लाई थप मजबुत बनाउन आवस्यक स्थानमा शसस्त्र प्रहरी गण नै स्थापना गरिन लागेको हो ।

यसै क्रममा गृहमन्त्रालये सशस्त्र प्रहरी बलका २९ वटा गुल्म खारेज गरी आठवटा गण बनाउने र ति थपिएका गण विओपी रहेका स्थानमा रहने जनाईएको छ ।

सिमा सुरक्षामा रहेका विओपीको नेतृत्व शसस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) ले गदै आएका छन ।
जसमा ८ देखि १० जनाको जनशक्ति रहदै आएको छ । ससस्त्र प्रहरीमा हाल गण स्थापना पछि सिमा सुरक्षामा एसपीको नेतृत्वमा ६ सय २० जना दरवन्दी कायम हुने छ ।

नेपाल भारत सिमा क्षेत्रका विषेश नाकामा गण तैनाथ गर्ने तयारी सरकारकाे छ । थपिएका गणले आवस्यक परेको बेला अन्य विओपीलाई मद्दत तथा आवस्यक सहयोग समेत गर्ने छन ।

भारतले नेपालसंग जोडिएको सिमा सुरक्षाका लागी सिमा शुरक्षा बल एसएसवी तैनाथ गरेको छ । जसको दरवदी कम्तिमा ३५ देखि ४० रहेको छ ।

सरकारले भन्सार तथा औद्योगिक सुरक्षामा खटिएका जनशक्तिलाई सीमा सुरक्षामा केन्द्रित गर्ने योजनाअनुसार सशस्त्र प्रहरीको नयाँ जनशक्ति संरचना तयार गरिएको हो ।


सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ ।
सर्वेक्षणअनुसार सशस्त्र प्रहरीले जनशक्ति पुनर्संरचनाको तयारी अघि बढाएको छ । गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको नेतृत्वमा तयार गरिएको ओएन्डएम सर्वेक्षण स्वीकृत भएको हो ।

नयाँ संरचनाअनुसार अब सीमाक्षेत्रमा सशस्त्र प्रहरीको बिओपीको संंख्या दुई सय २१ पुग्नेछ । सरकारले विओपीको संख्या कम्तिमा ५ सय पुर्याउने गरि गृहकार्य भैरहेको जनाएको छ ।

गृह मन्त्रालयका अनुसार एसपीको ६, तथा डिएसपी र इन्स्पेक्टरको नौ÷नौवटा दरबन्दी थप भएको छ ।

एक सय २४ हवल्दारको दरबन्दी कटौती गरी माथिल्लो पदमा मिलान गरिएको छ । जसमध्ये २४ सिनियर तथा एक सय पदमा सइ र असइको पनि दरबन्दी थपिएको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ श्रावण २, १०: २८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ श्रावण २, १०: २८

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ श्रावण २, १०: २८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...