
आजबाट हामी नयाँ विकल्प साप्ताहिक ३० वर्ष पार गरी ३१ वर्षमा प्रवेश गरेका छौं । ३० वर्ष सम्मको निरन्तर छापा पत्रकारिताका माध्यमबाट लोकतन्त्र, मानव अधिकार, कानूनी राज्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि कलम तिखो पार्र्दै गर्दा प्रकाशनमा आएका अनेकौं चुनौतीका सामना गरिरहेका छौं ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा हाम्रो कलम सधैं चनाखो रहँदै आएको छ । तथापी छापा पत्रपत्रिकामा देखिएका समस्याप्रति सरकार सकारात्मक हुनुको साटो प्रतिपक्षीको रुपमा हेरिरहेको अवस्था छँदैछ । निकै लामो समयदेखि स्वरोजगारमूलक छापा पत्रपत्रिकालाई दिँदै आएको अनुदान समेत कुनै न कुनै बहानामा कटौती गर्ने दाउमा सरकार कस्सिएको देखिन्छ । चार दशकभन्दा लामो समयदेखि प्रकाशनमा आएका छापा पत्रपकिाले गर्दा आज मुलुकमा एकतन्त्रिय शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र र अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको उपभोग गर्ने अवसर जुटाई दिने यिनै स्वरोजगारमुलुक अखबारहरुको अनोकौं आरोह अवरोह हट्नेभन्दा झन संकट भएको छ । तथापी पछिल्लो समय विश्वव्यापी प्रविधिको विकासले निकै ठूलो धक्का बढ्दै गएको छ भने आर्थिक अवस्थाका कारण छापा पत्रपत्रिका दुब्लाउँदै जानु प्रमुख कारण बनेको छ ।
२०५२ देखि देशले भोगेको सशस्त्र द्वन्द्व हुँदै २०६२÷६३को दोस्रो जनआन्दोलनमा प्राप्त भएको उपलब्धी संविधान सभाको दुई पटकको निर्वाचन दुई सय वर्षसम्मको इतिहास बोकेको राजा र राजदरबारको हत्या श्रृंखला मधेश आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, राजतन्त्रको अन्त्यसँगै राष्ट्रपतिको निर्वाचबाट नेपाली जनताको छोरो राष्ट्रप्रमुख बन्न पाउने अधिकारको घटना परिघटनाको साक्षी हाम्रो कलम नेपाली जनताबीच छर्लङ्ग छँदैछ ।
यसै बीचमा प्रकासनमा हामीले अनौकौं आरोह अवरोह बाधा अड्चनलाई छिचोल्दै निष्पक्ष व्यावसायिक स्वतन्त्र, अनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र स्वतन्त्र प्रेसको पक्षमा सधैं कलमलाई तिखो पारिरह्यौं । राज्य र अन्य पक्षबाट आउने दवाव, प्रभावको प्रवाह नगरी खबरदारी गर्ने प्रतिबद्धताका साथ अग्रज सञ्चारकर्मी, लेखक, विज्ञापनदाता, संवाददाता, शुभेच्छुक, पाठक वर्गप्रति आभार व्यक्त गर्दछौं । संघैं माया, सद्भाव, सहयोग र समर्थन प्राप्त भइरहने विश्वास लिएका छौं । साथै हामी यस उत्सवलाई यस वर्षभरि मनाउँदै जानेछौं । नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...
काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...