आजबाट हामी नयाँ विकल्प साप्ताहिक ३० वर्ष पार गरी ३१ वर्षमा प्रवेश गरेका छौं । ३० वर्ष सम्मको निरन्तर छापा पत्रकारिताका माध्यमबाट लोकतन्त्र, मानव अधिकार, कानूनी राज्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि कलम तिखो पार्र्दै गर्दा प्रकाशनमा आएका अनेकौं चुनौतीका सामना गरिरहेका छौं ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा हाम्रो कलम सधैं चनाखो रहँदै आएको छ । तथापी छापा पत्रपत्रिकामा देखिएका समस्याप्रति सरकार सकारात्मक हुनुको साटो प्रतिपक्षीको रुपमा हेरिरहेको अवस्था छँदैछ । निकै लामो समयदेखि स्वरोजगारमूलक छापा पत्रपत्रिकालाई दिँदै आएको अनुदान समेत कुनै न कुनै बहानामा कटौती गर्ने दाउमा सरकार कस्सिएको देखिन्छ । चार दशकभन्दा लामो समयदेखि प्रकाशनमा आएका छापा पत्रपकिाले गर्दा आज मुलुकमा एकतन्त्रिय शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र र अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको उपभोग गर्ने अवसर जुटाई दिने यिनै स्वरोजगारमुलुक अखबारहरुको अनोकौं आरोह अवरोह हट्नेभन्दा झन संकट भएको छ । तथापी पछिल्लो समय विश्वव्यापी प्रविधिको विकासले निकै ठूलो धक्का बढ्दै गएको छ भने आर्थिक अवस्थाका कारण छापा पत्रपत्रिका दुब्लाउँदै जानु प्रमुख कारण बनेको छ ।
२०५२ देखि देशले भोगेको सशस्त्र द्वन्द्व हुँदै २०६२÷६३को दोस्रो जनआन्दोलनमा प्राप्त भएको उपलब्धी संविधान सभाको दुई पटकको निर्वाचन दुई सय वर्षसम्मको इतिहास बोकेको राजा र राजदरबारको हत्या श्रृंखला मधेश आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, राजतन्त्रको अन्त्यसँगै राष्ट्रपतिको निर्वाचबाट नेपाली जनताको छोरो राष्ट्रप्रमुख बन्न पाउने अधिकारको घटना परिघटनाको साक्षी हाम्रो कलम नेपाली जनताबीच छर्लङ्ग छँदैछ ।
यसै बीचमा प्रकासनमा हामीले अनौकौं आरोह अवरोह बाधा अड्चनलाई छिचोल्दै निष्पक्ष व्यावसायिक स्वतन्त्र, अनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र स्वतन्त्र प्रेसको पक्षमा सधैं कलमलाई तिखो पारिरह्यौं । राज्य र अन्य पक्षबाट आउने दवाव, प्रभावको प्रवाह नगरी खबरदारी गर्ने प्रतिबद्धताका साथ अग्रज सञ्चारकर्मी, लेखक, विज्ञापनदाता, संवाददाता, शुभेच्छुक, पाठक वर्गप्रति आभार व्यक्त गर्दछौं । संघैं माया, सद्भाव, सहयोग र समर्थन प्राप्त भइरहने विश्वास लिएका छौं । साथै हामी यस उत्सवलाई यस वर्षभरि मनाउँदै जानेछौं । नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौं : गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका...