विदेशीले सेनालाई हेटौंडा कपडा चलाउन रोके : रक्षामन्त्री – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

विदेशीले सेनालाई हेटौंडा कपडा चलाउन रोके : रक्षामन्त्री

काठमाडौं। नेकपा एमालेबाट वर्तमान संयुक्र सरकारमा रक्षामन्त्री भएका हरिप्रसाद उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौंडा कपडा उद्योग तत्काल चलाउन नसकेको दाबी गरेका छन् । उनले कपडामा आत्मनिर्भर हुनका लागि त्यही कोषबाट हेटौंडाको कपडा उद्योग चलाउने योजना रहेको बताए ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा रक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री उप्रेतीले यस्तो टिप्पणी गरे ।
उनले जुन देशबाट कपडा आइरहेको थियो, त्यही देशबाट र कपडा ल्याइरहेका ब्यापारीले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजनाको विरोध गरेको बताए । ‘जुन देशबाट कपडा भित्र्याउँछौं, त्यो देशबाट विरोध गर्दैमा त्यो (सेनाले हेटौंडा उद्योग चलाउने योजना) रोक्न जरुरी थिएन,’ मन्त्री उप्रेतीले भने ।

‘हामी आत्मनिर्भर हुँदा विदेशीको सामान त किनु पर्दैन । त्यही सामान हाम्रो विकिराखोस्, हाम्रो ब्यापारीले काम पाइराखुन भनेर स्याल हुइयाँ चलाइयो अब नेपाली सेना पाकिस्तानी मोडेलमा जाँदैछ भनेर।’ रक्षामन्त्रीले भने ।
हेटौंडा उद्योग चलाउने योजना रोकिएको भन्दै उनले प्रश्न गर्नेहरुलाई नै प्रतिप्रश्न गरे, ‘के आत्मनिर्भर हुनु पाकिस्तानी मोडल हो ? खण्डहर उद्योगहरुलाई सञ्चालन गर्नु पाकिस्तानी मोडल हो ? त्यो भनेको भरमा हेटौंडा कपडा उद्योग चलाउने कुरा रोकिएको जस्तो मलाइ लागेको छ । त्यो विदेशीहरुले उनीहरुको सामान बेच्नको निम्ति उनीहरुको ब्यापारीहरुले ‘’

रक्षामन्त्री उप्रेती बोलिरहेका बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उठेर विरोध गरे । सांसद खतिवडाले मन्त्री उप्रेतीलाई विषय केन्द्रित भएर बोल्न आग्रह गरे । त्यसपछि रक्षमन्त्री उप्रेती लिखित जवाफ पढ्न थाले । नेपाली सेनाले आफ्नै कोषको उपयोग गरेको कामलाई व्यापार व्यावसाय गरेको रुपमा नबुझिदिन पुनः आग्रह गरे ।

उनले सेनाले विकास निर्माणका काम गर्ने, उद्योग चलाउन खोज्ने विषयमा उठाएको प्रश्नको जवाफमा सैनिक कल्याणकारी कोषमा रहेको रकम उपयोग गरेको विषयलाई व्यापार व्यावसायको रुपमा बmुझ्न नहुने बताए । नेपाली सेनाले गठन गरेको सैनिक कल्याणकारी कोषमा ८३ अर्ब रुपैया रहेको उल्लेख गर्दै उनले यो रकमलाई राष्ट्रिय योजना र विकासमा लगानी गर्न सकिने बताए ।

रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले परिषदलाई अझ प्रभावकारी र सबै सुरक्षा संयन्त्रहरुको बीचमा सशक्त समन्वयको माध्यम बनाउनुपर्ने धारणा राखे । ‘बाह्य चलखेललाई जस्तो कुनै अपराधीहरु आएर लुक्यो, विदेशबाट आएको सुरक्षाकर्मीले इनकाउन्टर गर्दाखेरि नेपालको सुरक्षाकर्मीलाई थाहा हुँदैन । सुरक्षा परिषदलाई थाहा हुँदैन । त्यो अवस्था पनि छ’, उनले भने । यस्तो अवस्थामा सुरक्षा संयन्त्रहरुका बीचमा प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए । उनी भन्छन्, ‘तीन वटै सुरक्षा संयन्त्रको बीचमा सुरक्षा समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने छ ।’

राष्ट्रिय सुरक्षा परिषदका सम्बन्धमा विभिन्न किसिमका वक्तव्य दिनेहरुलाई नोटिसमा राख्ने गरी विधेयक बनाइएको पनि रक्षामन्त्री उप्रेतीले जानकारी दिए । ‘विदेशमा गएर यत्रो फेटा बाँध्दै हामीलाई अब पासपोर्ट पनि एउटै भए हुन्छ, करेन्सी पनि एउटै भए हुन्छ भन्ने यहाँ (नेपाल) आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई पनि हामी जानकारीको रुपमा सुरक्षा परिषद विधेयकअनुसार नोटिस गर्नेछ ।’ –नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ असार १०, १५: ००

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ असार १०, १५: ००

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ असार १०, १५: ००

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...