ठेक्का नपाएपछि कांग्रेसका गाउँपालिका अध्यक्षको गर्दनमा खुकुरी – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

ठेक्का नपाएपछि कांग्रेसका गाउँपालिका अध्यक्षको गर्दनमा खुकुरी

गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की

नयाँ विकल्प,

विराटनगर । मोरङको केराबारीस्थित गाउँपालिकाको कार्यालयमा रहेकै नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीलाई शुक्रबार खुकुरी प्रहार भएको छ ।

नेपाली कांग्रेस मोरङका प्रवक्ता समेत रहेका कार्कीलाई केराबारी गाउँपालिकाको कार्यालयमै गएर स्थानीय भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् । ठकुरीले गएको आर्थिक वर्षमा सो गाउँपालिकाबाट पटके करको ठेक्का पाएका थिए । ठकुरीले प्रहार गरेको खुकुरीले कार्कीको गर्धन र हातमा गम्भिर चोट लागेको छ ।

घाईते कार्कीको हाल विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिसकेको छ । जिप्रका प्रहरीले कार्कीको चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको जनाएको छ ।

आर्थिक वर्ष २०७६।०७७ को असार मसान्तसम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरीलाई साउन १ गतेदेखि ठेक्का नदिई गाउँपालिका आफैंले कर उठाउन थालेको झोंकमा ठकुरीले खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

कार्कीको अवस्था बारे कांग्रेस नेता डा. शेखर कोइराला जानकारी लिदै


नोबेलमा उपचार गराई रहेका कार्कीको अवस्था बारे कांग्रेस नेता डा. शेखर कोइराला जानकारी लिन अस्पताल नै गएका थिए । गाउँपालिकाका अध्यक्ष कार्कीमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने माग नेपाली कांग्रेस केन्द्रीय समितिले माग गरेको छ ।

सम्बन्धित समाचार

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
  • २०७७ श्रावण २, २३: ००

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
  • २०७७ श्रावण २, २३: ००

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नायोगास्थित तोकाइ...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • २०७७ श्रावण २, २३: ००

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन...