काठमाडौं। नागढुंगा–मुग्लिङ सडक आयोजना पूर्वी खण्डले पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने जनाएको छ।
पूर्वी खण्डले सूचना प्रकाशित गर्दै नागढुंगा–मुग्लिङ सडक असार २६ गतेदेखि राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ।
यस सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्नका लागि सडक बन्द गर्न लागिएको पूर्वी खण्डले जनाएको छ।
पूर्वी खण्डका अनुसार यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधनहरु एम्बुलेन्स, सुरक्षा निकाय लगायतका भने चल्न सक्नेछन्।
काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...
हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...
काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...