विराटनगर। नाकबाट रक्तश्राव भएपछि यहाँको विराट नसिंङ होममा भर्ना भएका लोकप्रिय हाँस्य कलाकार हरिवंश आचार्यले आफ्नो अवस्था सामान्य रहेको जनाएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै आचार्यले नाकभित्रको सानो नसा फुटेको र त्यसलाई टाल्ने काम भईसकेको पनि जनाउँदै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका हुन्।
आइतबार नाकबाट रगत बगेपछि आचार्यलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो। शनिबार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा हाँस्य कलाकारद्वय मदनकृण्ण श्रेष्ठ र उनी बिराटनगर गएका थिए।
उनलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायत उनका कैयौं शुभ चिन्तक अस्पतालमै पुगेका थिए।
आचार्यले पोष्ट गरेको स्टाटस् –
शनिबार हिमगिरी प्रालि उधोगको आतिथ्यमा मदनदाइ र म बिराटनगर आएका थियौ ।
अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पताल पुगे र त्यहाबाट विराट नर्शिङ होम इएनटी डिपार्टमेन्टमा मा उपचार हुदैछ र म सामान्य अबस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेशरहरु सामान्यै थियो।
धेरैलाइ हाई ब्लड प्रेसर को कारण होकि भन्नेले चिन्तित तुल्याएछ ।नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाइ टाल्ने काम भईसकेको छ र अहिले सामान्य अबस्थामा स्वास्थ लाभ गरिरहेकोछु ।उपचारको क्रममा बिराट नर्शिङ होम परिबार ,डा .राजिब शाहको चिकित्क टिमलाइ धन्यबाद दिन चाहन्छु ।
मेरो स्वास्थ प्रति चासो ब्यक्त गर्दै
कोसि प्रदेशका मुख्य मन्त्री ,माननिय हिक्मत कार्किज्यु प्रति आभारी छु साथै हिमगिरी उधोग प्रा लि सदस्यज्यु र कर्मचारीज्युहरुले गर्नु भएको माया ,सद्भभाब र सहयोग प्रति आभारी छु ।
देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनी र संम्पुर्ण पत्रकार जगतलाइ मेरो स्वास्थ्य प्रति यतिधेरै सद्भाब प्रकट गरिदिनु भएकोमा आभारी छु ।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...