
काठमाडौं। सरकारले डेंगी संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालय तथा अन्तर्गतका विभाग संघीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग भएको छलफल पश्चात उक्त निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, डेंगी डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र सरकारी अस्पतालमा बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
नेपालका ७३ वटा जिल्लाहरुमा २३६५ डेंगु संक्रमितहरु पुष्टी भएका छन्। जसमध्ये तनहुँमा एक ५० वर्षीया पुरुषको मृत्यु भएको छ।
यसवर्ष सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु संक्रमित भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार बागमतीमा ७४७, कोशीमा ५३७, गण्डकीमा ५०८, लुम्बिनीमा २४७, सुदुरपश्चिममा २४२, मधेशमा ४७ र कर्णाली प्रदेशमा ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
‘अघिल्लो वर्षको तुलनामा बिरामीको संख्यामा वृद्दि भएको छैन । तर जोखिम भने कायम नै छ,’ डा. बुढाथोकीले भने, ‘ मन्त्रालय तथा मन्त्रालयका मातहतका निकायले डेंगुकोे निरन्तर निरागनी र पूर्व तयारी तथा प्रतिकार्यको गतिविधि सञ्चालन गरिरहेको छ।’

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...