काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको २७ दिनपछि अल्पकालीन र केही दीर्घकालीन योजनाहरु सार्वजनिक गर्दै स्वास्थ्य बीमा गरेका बिमकलाई पाँच लाखसम्मको उपचार गरिने बताएका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाउने प्रस्ताव गर्दै स्वास्थ्य बीमा गरेका बिमकहरुलाई कम्तीमा पाँच लाख रुपैयाँसम्मको उपचार सेवा प्रदान गरिने बताएका हुन्।
स्वास्थ्य बीमामा सबै नागरिक समावेश गर्न नसकेको र उपचार लिन जाँदा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई उल्लेख गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमा परिमार्जन गरेर लैजाने बताए।
सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रियालाई सहज बनाउन, आबद्धतालाई द्रूत गतिमा बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य गर्ने तयारीमा छौँ,’ मन्त्री पौडेलले भने, ‘आम्दानीको आधारमा प्रिमियम र सह–भुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन बीमाको नीतिगत र कानुनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ ।’
त्यस्तैगरी उनले सरकारले सञ्चालन गरिरहेको निःशुल्क र सहुलियतका कार्यक्रमलाई बीमासँगै जोडेर लैजाने बताए। बीमा प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि ४० अर्ब लाग्ने भन्दै त्यसको स्रोत सुनिश्चिता केही योजना प्रस्तुत गरेका छन्।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...