काठमाडौं । नेपाल मगर संघले माघे संक्रान्ति–२०७४ लाई अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने स्पष्ट पारेको छ । संघले पत्रकार सम्मेलन गरेर ‘माघे संक्रान्ति राष्ट्रिय चाड भव्यताका साथ मनाऔँ, मगरात पहिचान र अधिकार संघीयताको लागि अघि बढौँ’ भन्ने मूल नाराकासाथ माघे संक्रान्ति मनाउने जानकारी दिएको हो । नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरले मानव सभ्यताको शुरुवातिदेखि नै मगर समुदायले माघे संक्रान्ति मनाउदै आएको जिकिर गरेका छन् ।
‘माघे संक्रान्ति मगर समुदायको विशेष चाड भएपनि गैर–समुदायको पनि चाड हो, अर्थात राज्यको नै चाड हो, अन्य चाडपर्वजस्तै राज्यले यस संक्रान्तिलाई पनि उत्तिकै सम्मान गर्न सक्नुपर्छ, यहाँभन्दा पहिलेको र अहिलेको माघे संक्रान्तिमा धेरै फरक छ।’
उनले अघि थपे,‘परापूर्वकालदेखि नै चलिआएको चाडलाई हामीले विगतका वर्षहरुमा साँस्कृतिक, समाजिक र भावानात्मक तरिकाले मनाउदै आएका थियांै, आजको दिनमा हाम्रा तमाम अधिकारहरु प्राप्त गर्न बाँकी छन्, यस्ता अधिकारहरु सम्बोधन र सुनिश्चित गर्नको लागि हामीले यस पालिको माघे संक्रान्तिलाई आन्दोलनको रुपमा मनाउने निर्णय गरेका छाँै ।’
वर्तमान स्थितिमा नेपाली कला, संस्कृति सक्तासँग जोडिएको बताउँदै अध्यक्ष मगरले यस माघे संक्रान्तिसँग आन्दोलनजस्तो शब्द प्रयोग गर्न बाध्य भएको स्पष्ट पारे ।
उनले भने,‘राज्यले हामीलाई उपेक्षा गरेको छ, हाम्रो संस्कृतिको सम्मान स्वरुपमा एकदिन बिदाबाहेक अरु सम्मान दिएको छैन, अन्य चाडपर्वहरुमा नेपाली सेनाले तोप सलामी दिन्छ, खै त हाम्रो माघिमा तोप पड्काएको ? यो त एक उदाहरण मात्रै हो ।’
आउदो माघ १ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने माघे सकरातिमा लोपउन्मुख जिवन्त सन्देश प्रदानगर्ने मगर समुदायले गीत संगीत र साँस्कृतिक प्रस्तुतिहरु समेत दिने आयोजकले जानकारी दिएको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...
काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...