
काठमाडौं। संघीय संसदको संसदीय सुनुवाइ समिति सभापतिमा समिति सदस्य तथा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन्।
संघीय संसदको संसदीय सुनुवाइ समितिको आज दिउँसो बसेको बैठकमा उनी सभापति निर्वाचत भएको घोषणा गरिएको हो।
बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसदीय सुनुवाई समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेको उम्मेदवारी परेकोले उनी समिति सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
ज्येष्ठ सदस्य जबराले कांग्रेसकी सांसदसमेत रहेका नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त भने आज साँझ सभामुख देवराज घिमिरेबाट न्यौपानेले शपथ लिएकी छन्।।
यसअघि न्यौपाने प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन्। सभामुखमा निर्वाचित भएका सभामुख घिमिरेले सभामुखमा आफैसँग प्रतिष्पर्धा गरेकी न्यौपानेलाई सपथ गराए।
२०७० मा कैलालीमा प्रत्यक्षतर्फ उम्मेदवार भएर पराजित भएकी न्यौपाने २०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद भएकी हुन्।
पार्टी सभापति शेरबहादुर देउवाको समूहमा महिला नेतृतफै बरिष्ठ नेता रहेकी न्यौपानेलाई यो पटक मन्त्री बनाउने चर्चा थियो। तर, सुदूरपश्चिमबाटै तीन जना ओली नेतृत्वको सरकारमा गएपछि उनको नाम काटिएको थियो।
ओली नेतृत्वको सरकारमा हाल गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे र सभापति देउवापत्नी आरजु राणा देउवा सबै सुदूरपश्चिमबाट प्रतिनिधित्वि गर्दछन्।
सङ्घीय संसद्को अर्को समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका छन्।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...