
ढाका। मुहम्मद युनुस नेतृत्वको बंगलादेशी नयाँ सरकारले अघिल्लो अवामी लिग नेतृत्वको सरकारले करारमा नियुक्त गरेका ७ देशका राजदूतलाई तत्काल स्वदेश फर्कन निर्देशन दिएको छ।
सरकारले संयुक्त राज्य अमेरिकाका राजदूत मोहम्मद इमरान, रुसका राजदूत कमरुल हसन, साउदी अरबका राजदूत जावेद पटवारी, जापानका राजदूत शाहबुद्दीन अहमद, जर्मनीका राजदूत मोशर्रफ हुसेन भुइया, युएईका राजदूत अबु जफर र उच्चायुक्त रियर एडमिरल एसएम अबुल कलाम रहेका छन्।
परराष्ट्र मन्त्रालयले उनीहरूलाई आफ्नो वर्तमान जिम्मेवारी त्यागेर तुरुन्तै ढाकास्थित मुख्यालयमा फर्किन छुट्टाछुट्टै सूचना पठाएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन्।
राजदूतबाहेक वासिङ्गटनमा फर्स्ट सेक्रेटरी वाहिदुज्जमान नूर र काउन्सिलर अरिफा रहमान रुमा, क्यानडाको ओटावामा काउन्सिलर अपर्णा रानी पाल र काउन्सिलर मोबाश्विरा फरजाना मिथिला र न्यूयोर्कमा थर्ड सेक्रेटरी असिब उद्दिन अहमदलाई पनि फिर्ता बोलाइएको छ।
अगस्ट ८ मा अन्तरिम सरकार गठन भएपछि बंगलादेशमा ठूलो प्रशासनिक फेरबदल भइरहेको बेला राजदुतहरुलाई फिर्ता बोलाएको हो।
काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...
ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...
काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...