
काठमाडौं । विभिन्न संचार संस्थासँग आवद्ध क्रियाशिल संचारकर्मीहरुले नेपाल पत्रकार महासंघसँग विभिन्न विवरण, तथ्याङ्क र सूचना माग गरेका छन्।
उनीहरुले पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई ती सूचना दिन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । पत्रकार महासंघमा क्रियाशिल पत्रकारहरुले बुझाएको माग पत्रको दर्ता नंम्वर १४ रहेको छ ।
उनीहरुले महासंघका सूचना अधिकारीलाई संवोधन गर्दै माग गरिएको सूचना नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार भएको जनाएका छन् ।
सूचना माग गरेका क्रियाशिल पत्रकारहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धारणा बुझाएका छन् ।
महासंघमा बुझाइएको सो सूचना मागको पत्रको बोदार्थ संचार तथा सूचना प्रविधि मन्त्रालयमा ८३६ नम्वरमा दर्ता भएको छ भने गृह मन्त्रालयमा दर्ता नं १४७६ रहेको छ ।
सूचना माग गरिएको सो पत्रको वोधार्थ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता नम्वर २० मा दर्ता गरिएको छ । राष्ट्रिय सूचना आयोगको इमेलमा वोद्यार्थ पठाइएको छ भने सूचनाका लागि राष्ट्रिय महासंघलाई पनि इमेलमार्फत सूचना माग गरिएको विषय वोद्यार्थ पठाइएको हो ।
क्रियाशिल पत्रकारहरुले महासंघ संग महासंघको गत २०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाको बैठकमा भएका सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि, महासंघको सुर्खेत साधारणसभाले गठन गरेको सदस्यता शुद्धिकरण समितिले सदस्यता नवीकरण तथा वितरण सम्बन्धमा गरेका सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट)को प्रमाणित प्रतिलिपि र महासंघको केन्द्रीय समितिले २७औं महाधिवेशन गरेको सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि माग गरेका हुन् ।
यस्तै, महासंघको केन्द्रीय समितिले २७औं महाधिवेशन देखि हालसम्म गरेका सबै निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि र महासंघको केन्द्रीय समितिले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने सम्बन्धमा बनाएका मापदण्ड सहित त्यस सम्बन्धमा गरिएको सम्पूर्ण निर्णय पुस्तिका (माइन्युट) को प्रमाणित प्रतिलिपि माग गरेको छ ।
ती सूचनाको प्रतिलिपि छिटो भन्दा छिटो उपलब्ध गराउनु हुन अनुरोघ गर्दै ती सूचना उपलब्ध गराउँदा लाग्ने कानून बमोजिमको शुल्क बुझाउन तयार रहेको जनाइएको छ ।
यसरी सूचना माग गर्ने सक्रिय पत्रकारहरुमा योगेन्द ्रप्रताप शाही, दामोेदर प्रसाद दवाडी, प्रवीण कुमार चौधरी, विदुर ढुंगेल, देवीप्रसाद सापकोटा र योगेश खपाङ्गी रहेका छन् ।

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...