
काठमाडौं। नेताहरूको मृत्युको कामना गर्दै यज्ञ सञ्चालन गर्दा पक्राउ परेका पुष्कर खतिवडा २५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतको आदेशानुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्।
उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए। खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए।
२८ वर्षे खतिवडाले फेसबुकमा ‘भीआईपीहरूको मृत्युको कामना गरेर यमराजको पूजा गर्ने निर्णय गरेको छु’ भन्ने पोष्ट गरेका थिए ।
खतिवडाले सामाजिक सञ्जालमा ‘आवेगमा लेखेको’ बयान दिएका छन्।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...