
काठमाडौं। दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी भइरहेको गृहमन्त्री रमेश लेखकले जनाएका छन्।
दार्चुलाको व्यास गाउँपालिकास्थित तिङ्करमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय स्थापना गर्ने गरी काम अन्तिम चरणमा पुर्याएको गृहमन्त्री लेखकले जानकारी दिए।
काठमाडौंमा चौपातो, नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा गृह मन्त्री लेखकले चीन र भारतसँग सुदूरपश्चिमको व्यापारिक सम्बन्ध बढाउनका लागि सरकारले काम गरिरहेको बताए।
उनले चीन र भारतलाई जोड्नका लागि सडक निर्माण, सुक्खा बन्दरगाह र अध्यागमन कार्यालय खोल्ने कामलाई अगाडि बढाइएको बताए।
‘महाकाली कोरिडोर र सेती लोकमार्ग लगायतका महत्त्वपूर्ण लोकमार्गको निर्माणलाई अगाडि बढाएर भारतका साथसाथै चीनसँग यातायातलाई जोड्छौं। नेपाली नागरिक र अर्को तेस्रो मुलुकका नागरिक पनि ती सडक प्रयोग गरेर चीनको महत्त्वपूर्ण ठाउँ, हिन्दु र बुद्ध धर्मावलम्बीहरूका लागि मानसरोवर र भारतका ठूला सहरहरू जोड्न प्रयत्न गर्नेछौं, ‘मन्त्री लेखकले भने।
उनले यसै प्रयोजनका लागि गृह मन्त्रालयबाट आउने दुई महिनाभित्र तिङ्करमा अध्यागमनको कार्यालय स्थापना गरी त्यहीँबाट नेपाली र विदेशीहरूलाई सहजतापूर्वक मानसरोवर कैलाश जाने बाटो अगाडि बढाउने बताए।
भारत संसारकै उदीयमान अर्थतन्त्र भएको र चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मित्रराष्ट्र भएको र सुदूरपश्चिमको भूगोल दुवै देशका महत्त्वपूर्ण ठाउँहरूबाट सबैभन्दा नजिक पर्ने भएकाले नेपालमा यातायात लगायतका व्यवस्था थप गर्न लागिएको उनले बताए।
सुदूरपश्चिमबाट चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तारको लागि काम भइरहेको उनले जानकारी दिए ।
गृहमन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिए।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...