
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका – ८ बस्ने एक शिक्षक आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ पर्ने ती २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेना हुन्।
धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित बहिनीको कोठामा १७ वर्षीया आफ्नै विद्यार्थीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक तिमिल्सेना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले गत बिहिवार शिक्षक तिमिल्सेनाले बाल यौन दुरुपयोग गरेको भन्दै उजुरी परेको बताएको छ।
बाजुराको त्रिवेणी नगरपालिका–७ स्थायी घर भएका तिमिल्सेना धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक हुन्।
यो सम्बन्धमा प्रहरीले जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको बताएको छ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...