पोखरा विमानस्थल बन्दः काठमाडौंका लागि उडेको जहाज भैरहवा अवतरण – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पोखरा विमानस्थल बन्दः काठमाडौंका लागि उडेको जहाज भैरहवा अवतरण

काठमाडौं। बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण पोखरा जाने आन्तरिक उडान प्रभावित बनेका छन्।

काठमाडौंको मौसममा खराबी आएपछि पोखराबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको एउटा जहाज डाइभर्ट भएर भैरहवा पुगेको छ।

काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको मौसम खराबीका कारण करिब २० मिनेर आकाशमा घुमेर यो जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण भएको हो।

पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले भिजिविलिटी कम हुँदा सुरक्षामा ख्याल गर्दै जहाजलाई भैरहवा डाइभर्ट गर्नुपर्ने अवस्था आएको बताइन्।

उनका अनुसार भिजिबिलिटी कम भएकाले पोखरा विमानस्थल पनि अहिले बन्द गरिएको छ। पछिल्लो समय भएका दुई ठूला दुर्घटनापछि हवाई सुरक्षा सतर्कता बढाइएको छ।

 

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ५, १८: १३

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ५, १८: १३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ५, १८: १३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...