बीपीको सिद्धान्तलाई त्यागेर कम्युनिष्टको मुद्धा बोक्दा कांग्रेस कमजोर –जोशी – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

बीपीको सिद्धान्तलाई त्यागेर कम्युनिष्टको मुद्धा बोक्दा कांग्रेस कमजोर –जोशी

वीपी विचार राष्ट्रिय समाजले मंगलबार केन्द्रिय कार्यालय, चण्डोलमा

काठमाडौ । महामानव बीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा वीपी विचार राष्ट्रिय समाजले मंगलबार केन्द्रिय कार्यालय, चण्डोलमा एक कार्यक्रमको आयोजना गरेको छ ।

समाजका केन्द्रिय सह– अध्यक्ष गोविन्दराज जोशीले वीपीले हिडेको बाटो र सिद्धान्तलाई काँगे्रसले त्याग गरेर कम्य्निष्टका मुद्धा वोकेर हिडेको आरोप लगाउँदै त्यसैको परिणामस्वरुप आज काँगे्रस इतिहासको सबै भन्दा कठिन मोडमा उभिन पुगेको बताए ।

कांग्रेसका पूर्वसहमहामन्त्री समेत रहेका जोशीले विगतमा काँगे्रसले गरेको गल््तीबाट सिकेर वीपीको विचार र चिन्तन अनुसार अगाडि बढ्यो भने काँग्रेसले अझै पनि केही गर्न सक्ने विश्वास व्यक्त गरे ।

समाजका सदस्य लोकेश ढकालले वीपी विचार राष्ट्रिय समाजले वीपी विचार र चिन्तनलाई जनजनमा पु¥याउन र संगठनलाई अन्तराष्ट्रिय स्तरको नेपाली डायसफोरामा विस्तार गर्दै लग्ने क्रममा जापान र पोर्चुगलमा शाखा विस्तार भएको जनाए ।

उनले समाजको जापान शाखाले वीपीको कृति ‘आत्म वृत्तान्त’ लाई जापानी भाषामा प्रकाशित गर्न लागेको जानकारी गराए ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०७७ श्रावण ६, १९: ३७

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०७७ श्रावण ६, १९: ३७

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

पूर्वमन्त्री अफताव आलमको निधन
पूर्वमन्त्री अफताव आलमको निधन
  • २०७७ श्रावण ६, १९: ३७

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि...