
काठमाडौ । महामानव बीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा वीपी विचार राष्ट्रिय समाजले मंगलबार केन्द्रिय कार्यालय, चण्डोलमा एक कार्यक्रमको आयोजना गरेको छ ।
समाजका केन्द्रिय सह– अध्यक्ष गोविन्दराज जोशीले वीपीले हिडेको बाटो र सिद्धान्तलाई काँगे्रसले त्याग गरेर कम्य्निष्टका मुद्धा वोकेर हिडेको आरोप लगाउँदै त्यसैको परिणामस्वरुप आज काँगे्रस इतिहासको सबै भन्दा कठिन मोडमा उभिन पुगेको बताए ।
कांग्रेसका पूर्वसहमहामन्त्री समेत रहेका जोशीले विगतमा काँगे्रसले गरेको गल््तीबाट सिकेर वीपीको विचार र चिन्तन अनुसार अगाडि बढ्यो भने काँग्रेसले अझै पनि केही गर्न सक्ने विश्वास व्यक्त गरे ।
समाजका सदस्य लोकेश ढकालले वीपी विचार राष्ट्रिय समाजले वीपी विचार र चिन्तनलाई जनजनमा पु¥याउन र संगठनलाई अन्तराष्ट्रिय स्तरको नेपाली डायसफोरामा विस्तार गर्दै लग्ने क्रममा जापान र पोर्चुगलमा शाखा विस्तार भएको जनाए ।
उनले समाजको जापान शाखाले वीपीको कृति ‘आत्म वृत्तान्त’ लाई जापानी भाषामा प्रकाशित गर्न लागेको जानकारी गराए ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...