
दाङ। दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम विष्फोट भएको छ। आज बिहान ९ बजेतिर क्याम्पसमा सुतली बम विष्फोट भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले बम विष्फोट गराएको आरोपमा क्याम्पसमा पढ्ने दुई विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । क्याम्पसकै विद्यार्थीहरू घोराही उपमहानगरपालिका–१५ का अभियान थापा र सुभम कार्की पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार पक्राउ पर्नेहरू प्लस टुका विद्यार्थी हुन्।
पक्राउ परेका विद्यार्थीहरूले रमाइलोका लागि सुतली बम विष्फोट गराएको बयान दिएका छन्। सडकमा सुतली बम सल्काएर क्याम्पसको गेट नजिक फालिएको प्रहरीले बताएको छ।
‘रमाइलोका लागि पड्काएका हौं भनेर उनीहरूले बयान दिएका छन्,’ एसपी कार्कीले भने, ‘थप अनुसन्धान हुँदैछ ।’ मोटरसाइकलमा आएका उनीहरुले सुतली बम विष्फोट गराएर भागेका थिए। भाग्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...