पोल्याण्डबाट १० घण्टा ‘ट्रेन फोर्स वन’ चढेर युक्रेन जाँदै मोदी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पोल्याण्डबाट १० घण्टा ‘ट्रेन फोर्स वन’ चढेर युक्रेन जाँदै मोदी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्यान्डबाट शुक्रबार युक्रेन जाने भएका छन्।

पोल्याण्डको दुई दिने भ्रमणका लागि आज साँझ नयाँ दिल्लीबाट मोदी पोल्याण्ड जाँदैछन् । मोदी विशेष ‘ट्रेन फोर्स वन’ रेल चढेर पोल्याण्डबाट युक्रेन जान लागेका हुन्।

मोदीलाई पोल्यान्डबाट युक्रेनको राजधानी कीभसम्म पुग्न १० घण्टा र फर्किन त्यति नै समय लाग्नेछ।

रुससँगको युद्धले युक्रेनका विमानस्थल बन्द भएका कारणा उनी रेल यात्रा गर्न लागेको बताइएको छ। मोदीले किभमा करिब ७ घण्टा बिताउनेछन्।

यस अवधिमा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटघाट गर्नेछन्।

उनको भ्रमणको विशेष कुरा के छ भने उनी विमानबाट होइन, रेलबाट युक्रेन जानेछन्।

उनले यात्रा गर्ने विशेष ट्रेनको नाम ‘रेल फोर्स वन’ हो। यो सामान्य रेल होइन। यो लक्जरी सुविधा र विश्व स्तरीय सेवाको लागि विश्व परिचित छ। प्रधानमन्त्री मोदी १० घण्टाको यात्रापछि किभ पुग्ने छन् । उनीहरूलाई फर्किन त्यति नै समय लाग्नेछ।

यो रेल विशेष गरी क्रिमियामा पर्यटकहरूको लागि डिजाइन गरिएको थियो। त्यसपछि रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेपछि त्यसबेलादेखि यो विश्व नेता र भिआइपीलाई यात्राका लागि प्रयोग हुन थालेको हो।

यो ट्रेन हतियारले सुसज्जित छ। यो एक धेरै सुरक्षित संचार प्रणाली छ। समय समयमा उच्च प्रविधियुक्त सुरक्षाकर्मीको टोलीले निरन्तर अनुगमन गरिरहेका हुन्छन। यही कारणले गर्दा अहिलेसम्म यो ट्रेनको सुरक्षालाई लिएर कुनै गुनासो आएको छैन।

अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीलगायत धेरै नेताले रेल फोर्स वानमा यात्रा गरेका छन्।

युक्रेन जाने अधिकांश नेता, पत्रकार र कूटनीतिज्ञ रेल वन फोर्सबाट मात्र यात्रा गर्छन्। यो एक ढिलो चलिरहेको लक्जरी ट्रेन हो, जुन रातमा चल्छ। यो पोल्याण्डबाट ६०० किलोमिटर यात्रा गरी कीभ पुग्छ।

युक्रेनसँग ठूलो रेलवे नेटवर्क छ, जुन २४ हजार किलोमिटर लामो छ। यो संसारको १२ औं सबैभन्दा ठूलो रेल नेटवर्क हो। युक्रेनमा विभिन्न रेलहरू चल्छन् तर रेल वन फोर्स सबैभन्दा विशेष हो।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ६, १७: ०३

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ६, १७: ०३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ६, १७: ०३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...