दुर्घटनाग्रस्त भारतीय बस दुर्घटनामा १५ जनाको मृत्यु, अन्यको उद्धार – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

दुर्घटनाग्रस्त भारतीय बस दुर्घटनामा १५ जनाको मृत्यु, अन्यको उद्धार

काठमाडौं। तनहुँको आँबुखैरेनीस्थित पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जनाको निधन भएको छ।

गृह मन्त्रालय अन्तरगतको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा.भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जनाएको छ।

आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनीको ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दी मा खसेको थियो।

यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो।

बस सडकबाट मर्स्याङ्दी नदी किनारमा कुच्चिएको अवस्थामा देखिन्छ। दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ।

घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल दमौलीमा पु¥याइएको छ। उनीहरुको अवस्था हेरी रेफर गर्ने काम पनि जारी छ।

थप उपचारका लागि काठमाडौं ल्याउनु परे हेलिकप्टरसमेत तयारी राखिएको छ ।

हाल पोखरा मुग्लिन सडक विस्तारको काम जारी छ । बेलाबेला झर्ने पहिरोका कारण सडक यात्रा कष्टकर छ।

उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन्।

बसमा ४० बढी यात्रु रहेको अनुमान गरिएको छ। पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौं हिंडेका थिए। बसका केही यात्रुहरुलाई नदीले बगाएको आशंका गरिएको छ।

 

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ७, १३: १४

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ७, १३: १४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ७, १३: १४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...