गोरखा मिडियाका सञ्चालक तथा पूर्वडिआईजी जोशीसँग सहकारी ठगीबारे लिइयो बयान – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

गोरखा मिडियाका सञ्चालक तथा पूर्वडिआईजी जोशीसँग सहकारी ठगीबारे लिइयो बयान

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक तथा नेपाल प्रहरीका पूर्वडिआईजी (प्रहरी नायव महानिरिक्षक) छविलाल जोशीसँग बयान लिएको छ।

समितिले जोशीलाई आज बयान लिएको हो। समितिले आजै पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई पनि बयानको लागि बोलाएको छ।

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई भने अझै फरार छन्। लामिछाने पनि गोरखा मिडिया प्रालिका तत्कालिन प्रवन्ध निर्देशक हुन्।

उनीहरूलाई ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप लागेको छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र ७, १४: ४१

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र ७, १४: ४१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र ७, १४: ४१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...