
चितवन, नारायणगढ–मुग्लिङ सडक खण्डमा आज विहान एक बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन्।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु.प्र.प्र. ०२–००१ नम्बरको यात्रुवाहक बस भरतपुर महानगरपालिका २९ मा पर्ने घुमाउनेमा अनियन्त्रित भएर दुर्घटना हुँदा १७ यात्रु घाइते भएका हुन्।
उक्त बस आफै अनियन्त्रित भई दुर्घटना भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।
आज बिहान सवा ७ बजे दुर्घटना हुँदा सडकको दाहिनेतर्फ रहेको डिभाइडरमा ठोकिएर घाइते भएका १२ जनालाई थप उपचारको लागि भरतपुर लगिएको छ।
अहिले सडक एकतर्फी रुपमा सञ्चालनमा आएको बताइएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सबै घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइतेहरूको नामावली
१.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष ४० की तारा भट्ट सामान्य ।
२.जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष २३ की हरिकला थापा सामान्य ।
३.जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष १९ को कैलाश वि.क.सामान्य ।
४.जि.कैलाली लम्किचुहा न.पा.३.बस्ने बस्ने वर्ष २७ की कृष्णा वि.क.सामान्य ।
५.जि.कैलाली लम्किचुहा न.पा.३.बस्ने वर्ष ३५ की जयन्ती बि.क.मध्यम ।
६.जि.कन्चनपुर भीमदत्त न.पा.८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार सामान्य ।
७.जि.कन्चनपुरको कन्चनपुर न.पा.३ बस्ने वर्ष २३ को समिदेवल राना मध्यम ।
८.जि.कैलाली गोदावरी न.पा.१२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट सामान्य ।
९.जि.बझाङ वित्थडचिर गा.पा ४ बस्ने वर्ष २२ को बसन्त बोहोरा मध्यम ।
१०.जि.कन्चनपुर भीमदत्त न.पा.१७ बस्ने वर्ष ३४ को धरम खड्का सामान्य ।
११.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष २० को दिपेश भट्ट सामान्य ।
१२.जि.दार्चुला महाकाली न.पा.६ बस्ने वर्ष २३को लक्ष्मण बम मध्यम ।
१३.जि.कन्चनपुर भीमदत्त न.पा.९ बस्ने वर्ष २५ को भिमसेन सार्की सामान्य ।
१४.जि.बैतडी दशरथचन्द न.पा.२ बस्ने वर्ष ३७ को जनक बिजाली सामान्य ।
१५.जि.कन्चनपुर भीमदत्त न.पा.४ बस्ने वर्ष २३ को विनोद सार्की सामान्य ।
१६.जि.डडेलधुरा गन्यापधुरा गा.पा.३ बस्ने वर्ष ३३ को देवबहादुर भुल सामान्य ।
१७.जि.चितवन भरतपुर म.न.पा.५ बस्ने वर्ष २५ को विपिन न्यौपाने मध्यम ।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...