भारतीय नागरिक सवार कार पाल्पामा दुर्घटना हुँदा चालकको मृत्यु – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

भारतीय नागरिक सवार कार पाल्पामा दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा। पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा कारका चालकको मृत्य भएको छ।

पाल्पाको प्रसिद्ध स्थल रानिमहल जाँदै गरेको यूपी १४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेनबाट रानिमहल जाने सडकखण्डमै दुर्घटना भएको हो ।

दुर्घटनामा भारत उत्तर प्रदेशका २८ वर्षीय कार चालक विकास पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

गम्भीर घाइते भएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनीहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिएको छ।

 

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र १०, १४: ५५

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र १०, १४: ५५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र १०, १४: ५५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...