कपिलवस्तुको शिवराजमा बस दुर्घटना, २६ घाइते, ३ को अवस्था गम्भीर – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कपिलवस्तुको शिवराजमा बस दुर्घटना, २६ घाइते, ३ को अवस्था गम्भीर

बुटबल। सुर्खेतको बीरेन्द्रनगरबाट नारायणघाटतर्फ आउँदै गरेको यात्रुवाहक बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जनाए।

सुर्खेतबाट नारायणघाटतर्फ आउँदै गरेको लु १ ख १५९८ नम्बरको बसले मोटरसाइकललाई बचाउँदा बस पल्टिएको प्रहरीले जनाएको छ।

घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र १०, १८: २२

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र १०, १८: २२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र १०, १८: २२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...