काठमाडौं । अहिले प्रतिनिधिसभाले पूर्णता नै नपाएको भन्दै उनले राष्ट्रियसभा निर्वाचन गराउनु आफ्नो बाध्यता भएको बताए । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारमा बसिरहने आफ्नो रहर नभएको बताएका छन् । राजनीतिक कुरा बोल्न योजना नभए पनि पूर्ववक्ताले धेरै कुरा बोलेपछि बोल्नु पर्ने बाध्य भएको बताए । अघि बोलेका कैलाली ५ का सांसद एमाले नेता नारादमुनी रानाले सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।
रानाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै देउवाले, ‘सरकारमा बस्ने रहर छैन, कतिपल्ट भनिसकेको छु ।’ ‘निर्वाचन आयोगले भनेको छ, राष्ट्रियसभाको चुनाव गराऊ । राष्ट्रियसभाको चुनाव गराउनु बाध्यता हो मलाई । आयोगसँग परामर्श गरेर २४ गते तोकेको छु ।’
राष्ट्रियसभा निर्वाचनपछि संसदमा समानुपातिबाट कति पठाउनु पर्ने हो तय हुने भन्दै देउवाले, प्रतिनिधिसभा नै पूर्ण भएकै छैन, कसलाई सत्ता हस्तान्तरण गरुँ ।
आफू मिनेटमा सत्ता छाड्न तयार रहेको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले, कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझी सत्ता हस्तान्तरणको राग मात्र अलापेर हुन्छ, लाज त लाग्नु पर्ने हो ।’
वाम गठबन्धनका नेताहरुलाई अहिले त यति उत्ताउलो हुनुहुन्छ, भोलि के गर्नुहोला । तीन दिन भित्रै सात वटै प्रदेशका प्रमुख र अस्थायी मुकाम तोकिने बताए । दलीय सहमतिको प्रयास गर्दा ढिलाइ भएको बताए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...
काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...