सरकारमा बस्ने रहर कुनै छैनः देउवाको – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

सरकारमा बस्ने रहर कुनै छैनः देउवाको

काठमाडौं । अहिले प्रतिनिधिसभाले पूर्णता नै नपाएको भन्दै उनले राष्ट्रियसभा निर्वाचन गराउनु आफ्नो बाध्यता भएको बताए । प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारमा बसिरहने आफ्नो रहर नभएको बताएका छन् । राजनीतिक कुरा बोल्न योजना नभए पनि पूर्ववक्ताले धेरै कुरा बोलेपछि बोल्नु पर्ने बाध्य भएको बताए । अघि बोलेका कैलाली ५ का सांसद एमाले नेता नारादमुनी रानाले सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।
रानाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै देउवाले, ‘सरकारमा बस्ने रहर छैन, कतिपल्ट भनिसकेको छु ।’ ‘निर्वाचन आयोगले भनेको छ, राष्ट्रियसभाको चुनाव गराऊ । राष्ट्रियसभाको चुनाव गराउनु बाध्यता हो मलाई । आयोगसँग परामर्श गरेर २४ गते तोकेको छु ।’

राष्ट्रियसभा निर्वाचनपछि संसदमा समानुपातिबाट कति पठाउनु पर्ने हो तय हुने भन्दै देउवाले, प्रतिनिधिसभा नै पूर्ण भएकै छैन, कसलाई सत्ता हस्तान्तरण गरुँ ।
आफू मिनेटमा सत्ता छाड्न तयार रहेको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले, कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझी सत्ता हस्तान्तरणको राग मात्र अलापेर हुन्छ, लाज त लाग्नु पर्ने हो ।’

वाम गठबन्धनका नेताहरुलाई अहिले त यति उत्ताउलो हुनुहुन्छ, भोलि के गर्नुहोला । तीन दिन भित्रै सात वटै प्रदेशका प्रमुख र अस्थायी मुकाम तोकिने बताए । दलीय सहमतिको प्रयास गर्दा ढिलाइ भएको बताए ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०७४ पुष ३०, १०: ४०

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०७४ पुष ३०, १०: ४०

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

नेपाल दक्षिण अफ्रिकासँग पराजित
नेपाल दक्षिण अफ्रिकासँग पराजित
  • २०७४ पुष ३०, १०: ४०

काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...