
धादिङ। जिल्ला सदरमुकाम धादिङबेसीमा बस र माइक्रोबस ठोक्किँदा ८ यात्रु घाइते भएका छन्।
धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट धादिङबेसीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३—००१ ज ०४२९ नम्बरको यात्रुवाहक माइक्रो धादिङबेसी —मलेखु सडक खण्डको निलकण्ठ नगरपालिका वडा नं. ८ ससाहमा एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।
दुर्घटनामा घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्य २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भई रहेको छ।
दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी मकेन्द्रकुमार मिश्रले बताए।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...