प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्रीद्वारा सचिवलाई निर्देशन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्रीद्वारा सचिवलाई निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यूट्युब च्यानल ‘हेर्ने कथा’ मा प्रसारण भएको हराएका वर्षहरूका पात्र प्रकाश तामाङलाई नागरिकता दिलाउन गृह सचिवलाई निर्देशन दिएका छन्।

‘हेर्ने कथा’ हेरेपछि प्रधानमन्त्रीले प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको भन्दै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकता दिलाउन तत्काल पहल थाल्न भनेका हुन्। यो जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका हुन्।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो। उहाँले प्रकाशलाई दुई–चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा कुरा भएको छ ।’

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८१ भाद्र १२, १६: ०१

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८१ भाद्र १२, १६: ०१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८१ भाद्र १२, १६: ०१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...