
धनगढी। गौरा माताको समापनका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आज कैलाली आईपुगेकी छन्। उनले सो क्रममा गौरा माताको पूजा गरेकी छिन्।
गौरा विसर्जनका लागि बुधबार बिहान धनगढी आइपुगेकी आरजुले धनगढीस्थित निवासमा भित्र्याइएको गौरा विसर्जनका क्रममा पूजा गरेकी थिइन्।
सुदूरपश्चिमको मौलिक पर्व गौराको समापन कार्यक्रमका लागि मन्त्री राणा पछिल्लो ७ वर्षदेखि हरेक वर्ष धनगढी आउने गरेकी छिन् ।
२०७४ सालको निर्वाचनअघि उनले धनगढीमा घर खरिद गरी २०७० को संसदीय निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नम्वर ५ बाट चुनाव लडेकी थिइन्।
त्यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मटेलामा पनि देउवाकै घरमा गौरा भित्र्याउने गरिएको थियो। अहिले देउवा परिवारले धनगढीस्थित घरमा गौरा भित्र्याउने गरेका छन्।
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...