जीपी फाउण्डेसनद्वारा ट्राफिक प्रहरी र रिक्सा चालकलाई ज्याकेट वितरण – Naya Bikalpa
November 8, 2025, Saturday      Epaper

जीपी फाउण्डेसनद्वारा ट्राफिक प्रहरी र रिक्सा चालकलाई ज्याकेट वितरण

दमक । गिरिजाप्रसाद (जीपी) फाउण्डेसन जिल्ला शाखा झापाले झापा जिल्लाका ट्राफिक प्रहरीलाई ५० थान र दमक क्षेत्रमा संचालित ई– रिक्सा चालकलाई ५० थान ज्याकेट वितरण गरेको छ ।
जिल्ला शाखा झापाका अध्यक्ष बुद्धिराज न्यौपानेको अध्यक्षतामा मंगलबार दमकमा आयोजित विशेष कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद सरिता प्रसाईंले जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोठका प्रमुख र इ रिक्सा चालक संघका अध्यक्षलाई ज्याकेट वितरण गरेकी हुन् ।


३८ औं वीपी स्मृति दिवसको अवसरमा आयोजित सो कार्यक्रमकी प्रमुख अतिथि प्रसाईं, जीपी प्रतिष्ठान झापाका सल्लाहकार पीएन शर्मा, कांग्रेस महासमिति सदस्य शेरबहादुर भट्टराई, तरुण दलका पूर्वमहासचिव अनिलकृष्ण प्रसाईं लगायतले बीपीको बहुआयामिक व्यक्तित्वको विषयमा चर्चा गरेका थिए ।
जीपी प्रतिष्ठानका जिल्ला अध्यक्ष न्यौपानेले यसअघि झापाका एक सय जना पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेका थिए ।

सम्बन्धित समाचार

मतदाता नामावली संकलन उत्साहजनक : आयोग
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
  • २०७७ श्रावण ७, १५: ३०

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन  जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान
  • २०७७ श्रावण ७, १५: ३०

काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...

पूर्वमन्त्री अफताव आलमको निधन
पूर्वमन्त्री अफताव आलमको निधन
  • २०७७ श्रावण ७, १५: ३०

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि...