
दमक । गिरिजाप्रसाद (जीपी) फाउण्डेसन जिल्ला शाखा झापाले झापा जिल्लाका ट्राफिक प्रहरीलाई ५० थान र दमक क्षेत्रमा संचालित ई– रिक्सा चालकलाई ५० थान ज्याकेट वितरण गरेको छ ।
जिल्ला शाखा झापाका अध्यक्ष बुद्धिराज न्यौपानेको अध्यक्षतामा मंगलबार दमकमा आयोजित विशेष कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद सरिता प्रसाईंले जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोठका प्रमुख र इ रिक्सा चालक संघका अध्यक्षलाई ज्याकेट वितरण गरेकी हुन् ।

३८ औं वीपी स्मृति दिवसको अवसरमा आयोजित सो कार्यक्रमकी प्रमुख अतिथि प्रसाईं, जीपी प्रतिष्ठान झापाका सल्लाहकार पीएन शर्मा, कांग्रेस महासमिति सदस्य शेरबहादुर भट्टराई, तरुण दलका पूर्वमहासचिव अनिलकृष्ण प्रसाईं लगायतले बीपीको बहुआयामिक व्यक्तित्वको विषयमा चर्चा गरेका थिए ।
जीपी प्रतिष्ठानका जिल्ला अध्यक्ष न्यौपानेले यसअघि झापाका एक सय जना पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेका थिए ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...