
नयाँ विकल्प
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वसांसद बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ ।
माओवादी शसस्त्र युद्धको केन्द्र रोल्पाका पुराना कम्युनिष्ट नेता बुढा २०४८ सालको आम निर्वाचनमा तत्कालिन संयुक्त जनमोर्चाको तर्फबाट सांसद भएका थिए । नेकपा माओवादीका तत्कालिन अध्यक्ष पुष्पकमल दाहाललाई रोल्पालाई जनयुद्धको शुरुआत गर्न उनै बुढाको योगदान महत्वपूर्ण थियो ।

रोल्पाको थवाङ घर भएका नेता बुढा सादगी जीवन शैलीका पर्यायवाची जस्तै थिए । राजनीतिमा उनीभन्दा निकै कनिष्ठले राज्यका उपल्ला तहका पद र शक्तिमा पुगे पनि उनको जीवन शैली सामान्य नै थियो ।
ललितपुरस्थित पाटन अस्पतालमा क्यान्सरको उपचारको क्रममा बुधबार बिहान बुढाको निधन भएको थियो । विगत एक वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित बुढाको बुधबार विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो ।
बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए ।
बुढालाई अन्तिम श्रद्धान्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, ऊर्जामन्त्री वर्षमान पुन लगायतका नेताहरु पशुपति आर्यघाट पुगेका थिए ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...