पुराना कम्युनिष्ट नेता बर्मन बुढाको अन्त्येष्टि – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

पुराना कम्युनिष्ट नेता बर्मन बुढाको अन्त्येष्टि

नयाँ विकल्प
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वसांसद बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ ।
माओवादी शसस्त्र युद्धको केन्द्र रोल्पाका पुराना कम्युनिष्ट नेता बुढा २०४८ सालको आम निर्वाचनमा तत्कालिन संयुक्त जनमोर्चाको तर्फबाट सांसद भएका थिए । नेकपा माओवादीका तत्कालिन अध्यक्ष पुष्पकमल दाहाललाई रोल्पालाई जनयुद्धको शुरुआत गर्न उनै बुढाको योगदान महत्वपूर्ण थियो ।


रोल्पाको थवाङ घर भएका नेता बुढा सादगी जीवन शैलीका पर्यायवाची जस्तै थिए । राजनीतिमा उनीभन्दा निकै कनिष्ठले राज्यका उपल्ला तहका पद र शक्तिमा पुगे पनि उनको जीवन शैली सामान्य नै थियो ।


ललितपुरस्थित पाटन अस्पतालमा क्यान्सरको उपचारको क्रममा बुधबार बिहान बुढाको निधन भएको थियो । विगत एक वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित बुढाको बुधबार विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो ।


बुढाको अन्त्येष्टि गर्नुअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए ।


बुढालाई अन्तिम श्रद्धान्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, ऊर्जामन्त्री वर्षमान पुन लगायतका नेताहरु पशुपति आर्यघाट पुगेका थिए ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ श्रावण ७, १६: ४७

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ श्रावण ७, १६: ४७

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ श्रावण ७, १६: ४७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...