
काठमाडौं। नेपाल पत्रकार महासंघको चुनाव आगामी असोज १२ गते हुने गरी घोषणा भएको छ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार विज्ञप्ति जारी गर्दै तीनै तहको चुनाव एकै दिन १२ असोजमा गर्ने मिति तोकेका हुन्।
विष्टले निर्वाचन समितिले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र शनिबारै मतदाता सूचीसमेत सार्वजनिक गरिने बताएका छन्। यसअघि असोज ५ गते चुनाव गर्ने मिति तोकिएको थियो ।
अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि परिस्थिति असहज भएकाले निर्वाचन मितिमा सामान्य हेरफेर गरिएको महासंघको विज्ञप्तिमा उल्लेख छ।
असोज १२ गते शनिबार निर्वाचन गर्नेगरी निर्वाचन समितिलाई पत्रचार गरिएको महासंघले जनाएको छ। भोलि (शनिबार) मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गर्ने सहमति भएको महासंघले जनाएको छ।
हेर्नुस् विज्ञप्ति –

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...