काठमाडाैंमा २२ बर्षीय युवतीमाथी एसिड प्रहार, दुइजना पक्राउ – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

काठमाडाैंमा २२ बर्षीय युवतीमाथी एसिड प्रहार, दुइजना पक्राउ


नयाँ विकल्प,


काठमाडौं– काठमाडौंको सोल्टीमोडमा एक युवतीमाथी एसिड प्रहार भएको छ ।


एसिड प्रहार हुने २२ बर्षिया पवित्रा कार्की ओखलढुङ्गाकी भएको प्रहरीले जनाएको छ । विहिबार साँझ कोठाबाठ बाहिर सोल्टीमोड स्थीत पसलमा समान किन्न निस्केकी उनलाई एसिड प्रहार भएको हो ।

पवित्राको दायाँ भागको कपाल, गाला र घाँटीमा समेत एसिड छ्यापिएको छ उनको किर्तीपुर अस्पतालमा उपचार भैरहेको छ ।

एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लुु बस्ने मोहमद आलम र काठमाडौं डल्लुु बस्ने मुन्ना महमद भारतिय नागरिक छन

उनीहरुलाई नार्गजुन ४ सिर्जनसिल टोलबाट प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।एसिड प्रहार भए लगत्तै प्रहरीले उनीहरुको खोजी गरेको थियो । पक्राउ परेका उनीहरु माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

एसिड प्रहारबाट घाइते पवित्राको सितापाईला स्थीत मनमोहन अस्पतालमा उपचार हुन नसकेपछि किर्तीपुर अस्पताल रिफर गरिएको हो ।


ओखलढुङ्गा चम्पादेवी गाउपालीका की पवित्रा राजधानीको ह्यात होटलमा कार्यरत कर्मचारी हुन ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ श्रावण ९, ०८: ०९

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ श्रावण ९, ०८: ०९

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ श्रावण ९, ०८: ०९

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...